आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अमेरिकी सिनेटबाट चीन विरोधी प्रस्ताव पारित

अमेरिकी सिनेटबाट चीन विरोधी प्रस्ताव पारित

  • मिडिया डबली
  • मंगलवार, जेठ ६ २०७७

  • 5.4K
    SHARES

  • अमेरिकी सिनेटबाट चीन विरोधी प्रस्ताव पारित

    काठमाडौं – अमेरिकी सिनेटबाट चीन विरोधी प्रस्ताव पारित भएको छ ।

    चीनका उइगुर मुसलमानलगायत अल्पसंख्यक समुदायको मानव अधिकार हनन् भइरहेको दाबी गर्दै अमेरिकी सिनेटमा चीन सरकारसँग जवाप माग्ने प्रस्ताव पारित भएको हो ।

    सिनेटमा सर्वसम्मतिबाट पारित भएको अब अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा छलफलका लागि जानेछ।

    कोभिड-१९ को महामारीका लागि अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई जिम्मेवार मान्दै आएका छन्। पछिल्लो प्रस्ताव दुई देशको सम्बन्ध चिसिएको उदाहरण हो।

    उक्त प्रस्तावले चीनको सिन्जियाङ शहरका मुसलमान समुदायको मानव अधिकारको रक्षा गर्न र उनीहरूमाथि भइरहेको उत्पीडनको विरोध गरेको छ।

    चीनले भने आफ्नो देशभित्र रहेका अतिवादीहरू कारवाही गर्दै आएको बताउँदै आएको छ।

    गत वर्ष चीनले उक्त समुदायका करिब १० लाख जनालाई शिविरहरूमा राखेर उनीहरूको ‘ब्रेन वास’गराएको आरोपसहितको समाचार बीबीसीले लेखेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ६ २०७७०२:४८:५१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend