काठमाडौँ - नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सांसद गगनकुमार थापाले विदेशमा अल्पत्र परेका आफ्ना नागरिकलाई ल्याउन नसक्नेले आफ्नो भूमि जोगाउन नसक्ने बताउनु भएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले जस्ले विदेशमा बेवारिसे भएका मेरो साथीलाई जोगाउन सक्दैन उस्ले मेरो भूमी कसरी जोगाउन सक्छ भनेर प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, “जस्ले आफ्नो मान्छे जोगाउन सक्दैन त्यसले माटो जोगाउन सक्दैन, त्यसैले मान्छे जोगाउन नसक्ने सरकारले मेरो भूमि जोगाउछ भन्ने मलाई विश्वास छैन ।”
रोजगारी सृजना गरिनेछ भनेर नीति तथा कार्यक्रम बनाउनेले लाखौ युवा बेरोजगार भएको पत्तो नपाएको टिप्पणी उहाँले गर्नुभयो ।
अहिले यो पनि गरिने छ, त्यो पनि गरिने छ भन्ने बेला नभएको र नागरिक जोगाउने बेला भएकोमा नेता थापाले जोड दिनुभयो ।
सरकारको नीति तथा कार्यक्रम देखेर आफुलाई निराश र आक्रोतिस नभई लज्जित बनाएको उहाँले बताउनुभयो ।
“अमेरिकी बैज्ञानिकहरुले गरेको एक अध्ययनले कतिपय अल्पज्ञानीहरुलाई आफु अद्भूत ज्ञानी र क्षमतावान छु भन्ने भ्रम हुन्छ, त्यस्तो मान्छे सामान्य मान्छे भयो भने सामान्य क्षती हुन्छ, तर ठूला जिम्मेबारीमा भएकाहरुमा भयो भने क्षती पनि ठूलो हुन्छ,” उहाँको भनाई थियो ।
त्यस्ता अल्पज्ञानीहरुलाई निकष्टस्थहरुले क्यावात क्यावात भनिरहे भने नेपालले अहिले पाएको जस्तै दुःख पाउनु पर्ने नेता थापाले टिप्पणी गर्नुभयो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।