आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाडौंको टिचिङ अस्पतालबाट फर्केर आइसोलेसनमा भर्ना २२ वर्षे युवाको मृत्यु

काठमाडौंको टिचिङ अस्पतालबाट फर्केर आइसोलेसनमा भर्ना २२ वर्षे युवाको मृत्यु

  • मिडिया डबली
  • सोमवार, जेठ ५ २०७७

  • 9.7K
    SHARES

  • काठमाडौंको टिचिङ अस्पतालबाट फर्केर आइसोलेसनमा भर्ना २२ वर्षे युवाको मृत्यु

    काठमाडौं – राजधानी काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालबाट फर्केर रोल्पा जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना भएका युवाको मृत्यु भएको छ ।

    रोल्पा नगरपालिका–१ सानो लिबाङका युवाको जिल्ला अस्पतालको आइसोलेसनमै रहेको बेला सोमवार दिउँसो मृत्यु भएको हो ।

    लामो समयदेखि मृगौला रोगबाट प्रभावित युवा काठमाडौंको टिचिङ अस्पतालमा उपचार गरी हालसालै रोल्पा फर्किएका थिए । २२ वर्षीय युवक मृगौलाको डाइलासिस गराएर गृहजिल्ला फर्काइएको थियो ।

    टिचिङ अस्पतालबाट फर्काएका युवालाई आईतवार राति साढे १० बजे रोल्पा अस्पताल रेउघामा भर्ना गरिएको थियो । घरभन्दा अस्पतालमा हेरचाह र उपचार सहज होस् भनेर परिवारले युवालाई घर नलगेर अस्पताल पुर्‍याएका थिए ।

    आइसोलेसनमै रहेका बेला युवकको मृत्यु भएको अस्पतालकी डाक्टर धनमाया घर्तीमगरले बताइन् । २ वर्षयता युवा मृगौलाको समस्याले थलिएका थिए ।

    पटक–पटक डाइलासिस गराउँदै आएका उनको राजधानीको अस्पतालबाट फर्किएपछि मृत्यु भएको छ । मृगौला पीडित भएपनि विभिन्न अस्तालबाट फर्किएकाले आइसोलेसनमा राखेर उपचार थालिएको थियो । आइसोलेसनमै मृत्यु भएकाले कोरोना संक्रमण भए/नभएको यकिन गर्न जाँच गरिने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. घर्तीमगले बताएकी छन् ।

    अस्पतालमा युवाको आरडीटी जाँच गर्दा नेगेटिभ आएको थियो । पीसीआर स्वाब संकलन गरी परिक्षणका लागि पठाउने व्यवस्था मिलाएको अस्पताल प्रशासनले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ ५ २०७७०४:२१:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend