काठमाडौं – बाँकेमा एकैदिन ह्वात्तै कोरोना संक्रमित बढेको दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ ।
सोमबार साँझ ६ बजेदेखि बालुवाटारमा बैठक जारी छ ।
सोमबार बिहान ९ जना र साँझ ५३ जना गरेर अहिलेसम्म ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको एकै गाउँका ४७ जनामा संक्रमण देखिएको छ । देशभर संक्रमितको संख्या ३५७ पुगेको छ ।
मन्त्रिपरिषद् बैठकमा लकडाउनको प्रभावकारिता, विदेशमा अलपत्र नेपालीको उद्धार, संसदमा विचाराधीन नीति तथा कार्यक्रम लगायत विषयमा छलफल हुने जनाइएको छ ।
संघीय संसदमा नीति तथा कार्यक्रममाथि सांसदहरूको छलफल सकिएकाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काएर कसरी व्यवस्थापन गर्ने भन्नेबारे पनि मन्त्रिपरिषद् बैठकमा छलफल हुने जनाइएको छ ।
कोरोना भाइरस संक्रमण बढ्दै गएर देशव्यापी रुपमा त्रास बढेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।