आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस नेताको घोषणा : कोरोनाले आमा गुमाएकी शिशुलाई ५० हजार, शिक्षा र रोजगारीको ग्यारेन्टी

कांग्रेस नेताको घोषणा : कोरोनाले आमा गुमाएकी शिशुलाई ५० हजार, शिक्षा र रोजगारीको ग्यारेन्टी

  • मिडिया डबली
  • सोमवार, जेठ ५ २०७७

  • 12.5K
    SHARES

  • कांग्रेस नेताको घोषणा : कोरोनाले आमा गुमाएकी शिशुलाई ५० हजार, शिक्षा र रोजगारीको ग्यारेन्टी

    काठमाडौं – पूर्व सूचना तथा सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कोरोना भाइरस संक्रमणबाट आमा गुमाएकी नवजात शिशुलाई पौष्टिक आहाराका लागि तत्काल ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

    नेता बस्नेतले तत्काल ५० हजार रुपैयाँ, १२ कक्षासम्म निःशुल्क अध्ययन तथा उच्च शिक्षापश्चात् रोजगारीको समेत ग्यारेन्टीको जिम्मा लिने घोषणा गरेका छन् ।

    सिन्धुपाल्चोकका नेता समेत रहेका बस्नेतले सहयोगको घोषणा गरेपछि आपतमा परेका परिवारलाई सहयोग पुगेको छ । सिन्धुपाल्चोककी बाह्रबिसेकी सुत्केरी महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

    काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुत्केरी भएकी महिला डिस्चार्ज घर भएर बिरामी भएकी थिइन् । काभ्रेको धुलिखेल अस्पतालमा ती महिलालाई मृत घोषणा गरिएको थियो । पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणकै कारण उनको मृत्यु भएको पुष्टि गरेको थियो ।

    सोमबार भएको परीक्षणमा आमा गुमाएकी बालिकासहित परिवारका कुनै पनि सदस्यमा कोरोना संक्रमण देखिएको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ ५ २०७७०६:३८:००

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend