आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देश संकटमा रहँदा कम्युनिस्ट सरकारका मन्त्रीको गाडी मोह, हृदयेशको सबैभन्दा महँगो, ब्राण्ड प्रदीप ज्ञवालीको राम्रो

देश संकटमा रहँदा कम्युनिस्ट सरकारका मन्त्रीको गाडी मोह, हृदयेशको सबैभन्दा महँगो, ब्राण्ड प्रदीप ज्ञवालीको राम्रो

  • मिडिया डबली
  • सोमवार, जेठ ५ २०७७

  • 15.3K
    SHARES

  • देश संकटमा रहँदा कम्युनिस्ट सरकारका मन्त्रीको गाडी मोह, हृदयेशको सबैभन्दा महँगो, ब्राण्ड प्रदीप ज्ञवालीको राम्रो

    काठमाडौं– सरकारका मन्त्रीलाई सरकारले सुविधामा दिन गाडीको निश्चित मापदण्ड तोकेको छ। तर कुनै मन्त्रीले पनि तोकिएको मापदण्डअनुसारका गाडी चढ्दैनन्। बजेट तर्जुमा दिग्दर्शनमा नेपाल सरकारका विशिष्ट कर्मचारीका लागि दिइने गाडी सुविधाको बारेमा व्यवस्था गरिएको छ।

    दिग्दर्शनको शीर्षक ३११२१ मा सवारी साधनको बारेमा उल्लेख छ। उक्त शीर्षकको ‘क’मा नयाँ सवारीअन्तर्गत संवैधानिक निकायका प्रमुख पदाधिकारी र मन्त्रीका लागि १६ सयभन्दा माथि २ हजार सिसीसम्मको फुल अप्सनको पेट्रोलबाट चल्ने गाडी उपलब्ध गराउने उल्लेख छ। त्यस्तै विशिष्ट श्रेणीका कर्मचारी तथा संवैधानिक निकायका सदस्यहरुका १३ सयदेखि १६ सय सिसीसम्मका गाडी सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

    ब्रान्ड भ्यालुका हिसाबले मन्त्रीहरुले चढ्ने गाडीमा सबैभन्दा ब्रान्डेड गाडी मर्सिडिज बेन्जको हो। मर्सिडिज बेन्जको गाडी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चढ्दै आएका छन्। नियमित रुपमा उनले चढ्ने मर्सिडिजको एसक्लास सेडान कार हो भने त्यसको विकल्पको रुपमा मर्सिडिजकै एसयुभी रहेको मन्त्रालयका एक अधिकारीले बताए।

    त्यसैगरी हालको बजार मूल्यका हिसाबमा सबैभन्दा महँगो गाडी चढ्नेमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र रक्षामन्त्री पर्छन्। सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र रक्षामन्त्री ईश्वर पोख्रेलले टोयोटाको ल्यान्ड क्रुजर चढ्छन्। हाल यसको बजार मूल्य ४ करोड ५२ लाख रुपैयाँसम्म पर्छ भने यो गाडी ४ हजार ४ सय ६१ सिसी इन्जिन क्षमताको हो।

    अन्य अधिकांश मन्त्रीहरुले टोयोटाकै ल्यान्ड क्रुजर प्राडो चढ्दै आएका छन्। उक्त गाडीको नेपाली बजार मूल्य २ करोड ५७ लाखदेखि ३ करोड २४ लाख रुपैयाँसम्म पर्छ। यो गाडी २९ सय ८३ इन्जिन क्षमताको हो। त्यस्तै गृहमन्त्री रामबहादुर थापा बादलले मित्सुबिसीको पजेरो चढ्दै आएका छन् भने शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणी पोख्रेल पनि मित्सुबिसीकै पजेरो स्पोर्टस्मा सयर गर्छन्।

    सहरी विकास मन्त्रीका लागि राखिएको गाडी राज्यमन्त्री रामवीर मानन्धरले चढ्दै आएका छन्। उनले फोर्डको इन्डेभर चढ्दै आएका छन् भने खानेपानी मन्त्री बिना मगरले पनि सोही मोडलको गाडी चढ्छिन्। उद्योगमन्त्री लेखराज भट्टले टोयोटाको र्‍याभ फोर गाडी चढ्ने गरेका छन्।


    ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षामान पुनले फोर्ड इन्डेभर र बिवाइडीको इलेक्ट्रिक गाडी चढ्दै आएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले टोयोटा फर्चुनर र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले महिन्द्रा स्कर्पियो चढ्ने गरेका छन्।

    अधिकांश मन्त्रीहरुले सरकारले तोकेकोभन्दा बढी इन्जिन क्षमता र विलासी गाडी चढ्दै आएका छन्। तर उक्त सूचीको अपवादको रुपमा रहेका छन् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादव र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा रहेका छन्। श्रममन्त्रीले सुविधामा पाएको महिन्द्रा स्कर्पियो १९ सय ९९ देखि २२ सय सिसीसम्म इन्जिन क्षमताको गाडी हो भने यसको नेपाली बजार मूल्य ४८ लाख ८५ हजारदेखि ७१ लाख रुपैयाँसम्म रहेको छ।

    त्यस्तै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले टाटाको सफारी स्ट्रोम चढ्दै आएका छन्। यो गाडी २१ सय ७९ सिसी इन्जिन क्षमताको हो भने यसको मूल्य ६७ लाख ९९ हजार र ७३ लाख ९९ हजार रुपैयाँ पर्छ।

    श्रममन्त्रीको पनि वैकप्लिक गाडी सफारी स्ट्रोम नै रहेको छ। त्यसैले वर्तमान सरकारले मन्त्रीहरुमध्ये श्रम र खेलकुद मन्त्रीले मात्र तुलनात्मक रुपमा सस्तो गाडी प्रयोग गरेका छन्। नेपाललाइभबाट

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ ५ २०७७०४:३०:४६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend