आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतमा एकैदिनमा ह्वात्तै बढ्यो कोरोना, संक्रमणको महामारी झनझन् फैलिँदै

भारतमा एकैदिनमा ह्वात्तै बढ्यो कोरोना, संक्रमणको महामारी झनझन् फैलिँदै

  • मिडिया डबली
  • सोमवार, जेठ ५ २०७७

  • 5.5K
    SHARES

  • भारतमा एकैदिनमा ह्वात्तै बढ्यो कोरोना, संक्रमणको महामारी झनझन् फैलिँदै

    भारतमा एकैदिनमा ह्वात्तै बढ्यो कोरोना, संक्रमणको महामारी झनझन् फैलिँदै नेपालको छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणको महामारी तीब्र गतिमा बढ्न थालेको छ ।

    आईतबार एकैदिन २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी संक्रमित र मृतक थप भएका छन् । आईतबार एकैदिन ५ हजार ४९ जना संक्रमित थपिएका छन् भने १५२ जनाले ज्यान गुमाएका छन् ।

    यसअघि शनिबार ४ हजार ७९२ जनामा संक्रमण देखिएको थियो । त्यसअघि गत हप्ताको आईतबार एकैदिन भारतमा सबैभन्दा बढी ४ हजार २९६ जना संक्रमित देखिएका थिए ।

    पछिल्लो हप्तादेखि भारतमा कोरोना भाइरस संक्रमण ह्वात्तै बढिरहेको छ । हालसम्म भारतमा संक्रमितको संख्या ९५ हजार ८७२ पुगेको छ भने ३६ हजार ७९५ जनालाई निको भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ५३८ जनालाई निको भएको छ । भारतमा ज्यान जानेको संख्या ३ हजार २५ पुगेको छ ।

    महाराष्ट्र प्रान्तमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । आईतबार महाराष्ट्रमा हालसम्मकै बढी २ हजार ३४७ जना संक्रमित देखिएका छन् ।

    शनिबार १ हजार ६०६ जना संक्रमित थपिएका थिए । महाराष्ट्रमा ३३ हजार ५३ संक्रमित भएका छन् भने आईतबार ६३ जनाको ज्यान जाँदा मृतक १ हजार १९८ जना पुगेका छन् ।

    गुजरातमा आईतबार ३९१ संक्रमित थपिएर कूल संख्या ११ हजार ३८० पुगेको छ । मृतक ३४ थपिएर ६५९ पुगेका छन् ।

    तमिलनाडुमा ६३९ जना संक्रमित थपिएका छन् । त्यहाँ संक्रमित ११ हजार २२४ पुगेका छन् । मृतक ७९ पुगेका छन् ।

    नयाँदिल्लीमा ४२२ जना थपिएर संक्रमित ९ हजार ७५५ जना पुगेका छन् । मृतक १९ थपिएर १४८ पुगेका छन् । मध्यप्रदेशमा १८७ जना थपिएर ४ हजार ९७७ संक्रमित पुग्दा पुगेको छ । मृतकको संख्या २४८ पुगेको छ । राजस्थानमा २४२ जना थपिएर ५ हजार २०२ पुगेका छन् । मृतक १३१ पुगेका छन् ।

    भारतमा पछिल्लो समय तीब्र रुपमा संक्रमितहरू बढ्दै जाँदा विश्वभरमै ११ औं स्थानमा आइपुगेको छ । सुरूआती २ महिनामा खासै कोरोनाको प्रभाव नपरेको भारतमा अप्रिलदेखि भने तीव्र रुपमा संक्रमित र मृतक थपिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले ३१ मेसम्म लकडाउन बढाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ ५ २०७७०१:४४:५५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend