आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जेठ २० गतेसम्म लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय

जेठ २० गतेसम्म लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय

  • मिडिया डबली
  • आइतवार, जेठ ४ २०७७

  • 5.0K
    SHARES

  • जेठ २० गतेसम्म लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं – कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

    गत वर्षको चैत ११ गतेदेखि लागू गरेको लकडाउन लगातार छैठौंपटक थपिएको छ ।

    पछिल्लो पटक जेठ ५ गतेसम्म कायम गरिएको लकडाउन बढाउँदै आईतबार बसेको मन्त्रिपरिषद् बैठकले २० गतेसम्म पुर्‍याउने निर्णय गरेको एक मन्त्रीले बताए ।

    आईतबाररै बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले सरकारलाई लकडाउन थप गर्ने सुझाव दिएको थियो ।

    सरकारले पहिलो पटक चैत ११–१८ गतेसम्म लकडाउन घोषणा गरेको थियो । कोरोना भाइरस संक्रमित बढ्दै गएपछि सरकारले पहिलोपटक चैत ११ देखि १८ सम्म, १८ देखि चैत २५ सम्म, २५ देखि बैशाख ३ सम्म, बैशाख ३ देखि १५ सम्म, बैशाख १५ देखि २५ सम्म र बैशाख २५ देखि जेठ ५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको थियो ।

    कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेपनि संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ भने ३६ जना निको भएर घर फर्किएका छन् । कोरोनाका कारण २ जनाको मृत्यु भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ४ २०७७०३:४२:०१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend