काठमाडौं – विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना फैलिँदै गएका बेला सर्वोच्च अदालतले फलफूल र तरकारीमा विषादी तथा कोरोना भाइरसको परीक्षण गरेर आयात गर्न आदेश दिएको छ ।
अधिवक्ता मणिराम उपाध्यायले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरू दीपककुमार कार्की र हरि फुयाँलको इजलासले भारतलगायत अन्य देशबाट आयात हुने तरकारी र फलफूलमा विषादी तथा कोरोनाको समेत उपलब्ध भएसम्म परीक्षण सुविधा गरी आयात गर्न आदेश दिएको छ ।
अदालतले आन्तरिक रुपमै उत्पादन भएका फलफूल तथा तरकारीमा पनि विषादी तथा कोरोनाको समेत उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरी वितरणको व्यवस्था गर्न आदेश दिएको छ ।
अधिवक्ता मणिराम उपाध्याय सहितले भारतमा कोरोनाको महामारी फैलिएको तर नेपालमा तरकारी र फलफूल निर्वाध रुमपा आयात भएकाले रोक्न अन्तरिम आदेशको माग गरेपछि अदालतले आदेश दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।