काठमाडौं – भेटघाट भइरहने पत्रकारमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उदयपुर जिल्ला अध्यक्ष विनोद कटुवाल आइसोलेसनमा भर्ना भएका छन् ।
निरन्तर सम्पर्कमा रहेका पत्रकारलाई कोरोना संक्रमण देखिएपछि कटुवाल आइसोलेसनमा भर्ना भएका छन् ।
उदयपुरको कटारी अस्पतालमा भर्ना भएको कटुवालले जनाएका छन् । कटुवालमा कोरोना संक्रमणको कुनै पनि लक्षण भने देखिएको छैन ।
कटुवालसँगै सम्पर्कमा रहेका व्यक्तिको भने कोरोना परीक्षणमा पोजेटिभ आएको थियो । हाल ती पत्रकार विराटनगरको कोशी कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
सबैको सल्लाहमै आईतबार बिहान अस्पतालमा भर्ना भएको कटुवालले बताए । ‘भेट भएका व्यक्तिहरूमा पनि संक्रमण देखियो, आफू सुरक्षित हुने र अरुलाई पनि सुरक्षित बनाउनुपर्छ भनेर अस्पताल भर्ना भएको हुँ,’ उनले भनेका छन् ।
कटुवालमा कोरोना संक्रमण परीक्षणको तयारी भइरहेको अस्पतालले जनाएको छ । कटारी अस्पतालले कोरोनाको उपचारका लागि ६ शय्याको आइसोलेसन तयारी अवस्थामा राखेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।