आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

संकटका सारथी रामहरी, गृहजिल्लामा बाँडे स्वास्थ्य सामाग्री

संकटका सारथी रामहरी, गृहजिल्लामा बाँडे स्वास्थ्य सामाग्री

  • मिडिया डबली
  • आइतवार, जेठ ४ २०७७

  • 5.9K
    SHARES

  • संकटका सारथी रामहरी, गृहजिल्लामा बाँडे स्वास्थ्य सामाग्री

    काठमाडौं–नेपाली काँग्रेसका युवा नेता तथा पूर्वसांसद रामहरि खतिवडाले ओखलढुङ्गा जिल्लाभरका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
    खतिवडाले स्यानिटाइजर, क्लोरिन, मास्क, पिपिइसहितका रु चार लाख बराबरको सामग्री सहयोग गरेका हुन् ।

    देशमा कोरोनाको सङ्क्रमण दर बढिरहेका बेला आफ्नो गृहजिल्लामा कोरोनाविरुद्धको अभियानलाई बलियो बनाउन जोखिम मोलेरै स्वास्थ्य सामग्री लिएर जिल्ला आएको उनले बताए । “अवस्था झनझन जटिल बन्दै गयो । सरकारले लकडाउनलाई कडाइ गरे पनि म गृह मन्त्रालयसँग समन्वय गरेर स्वास्थ्य सामग्री जसरी पनि जिल्ला लैजान्छु भनेर आएँ”, नेता खतिवडाले भने, “मेरो जिल्लाका नागरिकलाई स्वस्थ राख्न सक्दो पहल गर्नु मेरो दायित्व हो । मैले व्यक्तिगत पहलमा जिल्लाभरका सबै ठाउँमा पुग्नेगरी विभिन्न सामग्री ल्याएर वितरण गरेको छु ।”

    व्यक्तिगत पहल र निजी खर्चमा जिल्लाका लागि स्वास्थ्य सामग्री ल्याउनुभएका खतिवडाले जिल्ला कमाण्ड पोष्टको निर्णयअनुसार जिल्लाका सबै स्थानीय तहका प्रमुखहरुलाई हस्तान्तरण गरे । नेता खतिवडाले सबै स्थानीय तहमा २० लिटर, वडाहरुमा समेत कम्तीमा दुई लिटरका दरले पुग्ने गरी २६० लिटर स्यानिटाइजर, ५० लिटर किटनाशक क्लोरिन, क्लोरिन छर्ने स्प्रे, तीन हजार सर्जिकल मास्क, १५० थान एन–९५ मास्क, फेससेभर वितरण गरेका छन् ।

    स्थानीय तहमार्फत जिल्लाका सबै ७५ वटै वडामा, जिल्ला प्रशासन कार्यालयमार्फत सबै सुरक्षा निकाय, रेडक्रस, सञ्चारमाध्यम, पत्रकारलगायतलाई पनि वितरण गरिएको खतिवडाले बताए । सामान हस्तान्तरण गर्दै उनले स्थानीय जनप्रतिनिधि दलका नेता र सुरक्षाकर्मीलाई कोरोनाको कहरबाट नागरिकलाई सुरक्षित राख्न कुनै कसुर बाँकी नराख्न आग्रह गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ४ २०७७०४:५९:०५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend