रौतहट– रौतहटमा आइतबार बिहान पहिचान भएका कोरोना भाइरस का १० जना संक्रमित भारतबाट आएको खुलेको छ ।
राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुषमा आइतबार बिहान कोरोना पुष्टि भएको थियो । उनीहरु केही दिनअघि मात्रै भारतको मुम्बइ, गुजरातलगायतका ठउँबाट आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रजिअ घिमिरेका अनुसार भारतबाट फर्केलगत्तै उनीहरुलाई सीधै क्वारेन्टाइनमा पठाइएको थियो । क्वारेन्टाइनमा रहेका उनीहरुको गत शुक्रबार स्वाबको नमूना संकलन गरेर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाएको थियो ।
संक्रमित सबैलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।