आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै आबामाले गरे ट्रम्पको कडा आलोचना

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै आबामाले गरे ट्रम्पको कडा आलोचना

  • मिडिया डबली
  • आइतवार, जेठ ४ २०७७

  • 5.9K
    SHARES

  • कोरोना नियन्त्रण गर्न नसकेको भन्दै आबामाले गरे ट्रम्पको कडा आलोचना


    काठमाडौं–अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले फेरि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरेका छन्। कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासमा ट्रम्प प्रशासनले गम्भीर त्रुटी गरेको आरोप ओबामाले लगाएका हुन्।

    स्थानीय समयअनुसार शनिबार राति यो वर्ष कलेजबाट दीक्षित विद्यार्थीको भर्चुअल दीक्षान्त समारोह उद्घाटन क्रममा ओबामाले ट्रम्प प्रशासनको आलोचना गरेका हुन्।

    सत्ताको बागडोर सम्हालेका व्यक्तिले सधैं आफूले के गरिरहेको छु भन्ने थाहा नपाउने गरेको भन्दै पूर्वराष्ट्रपति ओबामाले दीक्षित विद्यार्थीसामु ट्रम्पको नाम नलिईकन आलोचना गरेका हुन्।

    कोरोना भाइरस महामारी नियन्त्रणका लागि हालको प्रशासनले पर्याप्त प्रयास गर्न नसकेको ओबामाको आरोप छ।
    एक हप्ताअघि पनि ओमबामले आफू राष्ट्रपति रहेका बेला सँगै काम गरेका व्यक्तिहरूसँगको छलफलमा ट्रम्प प्रशासनको आलोचना गरेका थिए।

    शनिबार हिस्टोरिकल ब्ल्याक कलेज तथा विश्वविद्यालयबाट दीक्षित विद्यार्थीलाई भर्चुअल सम्बोधन गर्दै ओबामाले भने, ‘यो महामारीले सत्तामा रहेका धेरै व्यक्तिको वास्तविकता छर्लंग पारेको छ।’

    आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जो बाइडेनलाई समर्थन गर्ने घोषणा गरेका ओबामा पछिल्लो समय ट्रम्पविरुद्ध खुलेर आउन थालेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ४ २०७७०४:३६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend