आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतले मात्रै होइन, सिमानाका विषयमा चीनले समेत दियो नेपाललाई भयंकर ठूलो धोका (प्रमाण सहित)

भारतले मात्रै होइन, सिमानाका विषयमा चीनले समेत दियो नेपाललाई भयंकर ठूलो धोका (प्रमाण सहित)

  • मिडिया डबली
  • आइतवार, जेठ ४ २०७७

  • 20.7K
    SHARES

  • भारतले मात्रै होइन, सिमानाका विषयमा चीनले समेत दियो नेपाललाई भयंकर ठूलो धोका (प्रमाण सहित)

    काठमाडौं– इतिहासले कहिलेकाहीँ कति ठूलो मजाक गरिदिन्छ भने,छिमेकका ठूला मुलुक आपसमा मिल्दा वा नमिल्दा दुबैको चेपुवामा पर्नुपर्ने नियति हामीजस्ता साना र भूपरिवेष्ठित मुलुकले झेल्नुपर्ने ।

    चीन र भारतले हामीसङ्ग गर्ने वास्तविक ब्यवहारको यौटा अनुपम उदाहरण फेला परेको छ र त्यसैका आधारमा जनआस्थाले सप्रमाण, दस्तावेजसहित इतिहास उधिन्दैछ । सबै कुराको विश्वास गर्नु, आफ्नो इमान, स्वाभिमानमा कहिल्यै नडग्नु, तथ्य, प्रमाणका आधारमा बोल्दै रहनु, हत्केलाले सधैं सूर्यलाई छेक्न सक्दैन । एकदिन चिहानबाट पनि सत्य व्युँझिएरै छाड्छ ।

    1.jpg


    यो प्रसंग हो, कालापानी भारतलाई बुझाएको आरोप लाग्ने गरेका राजा महेन्द्रले आजभन्दा ६० वर्षपहिले तत्कालिन चीनको राजधानी पेकिङमा २०१८ असोज १९ गते बिहिबारका दिन, तद्नुसार सन् १९६१ अक्टोबर ५ का दिन आफ्ना समकक्षी राष्ट्रपति लिउ साओचीसँग गरेको पाँच बुँदे सिमानासम्बन्धी सन्धिको ।

    2.jpg

    त्यही सन्धिपत्रको दफा १ को प्रसंग हो यो । बिडम्बनाको कुरा, त्यो सन्धिमा हस्ताक्षर भएको १ वर्ष १५ दिन नपुग्दै कालापानी र लिम्पियाधुरालाई नेपाली भूमि भनेर स्वीकारेको चीनले भारतसँग लडाइँ गर्नुपर्यो । र, सन १९६२ को २० अक्टोबरदेखि २१ नोभेम्बरसम्म चीनसङ्ग लड्ने नाममा दिल्लीबाट सबैभन्दा छोटो दूरीको नेपाली भूभाग कब्जा गरिदियो ! भारतले त्यतिबेला जुन नेपाली भूमि कब्जा गरेको थियो, त्यसलाई सन् २०१५ मा बेइजिङ पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी लि खछ्याङसँग मे १५ मा गरेको सम्झौताको दफा २८ ले खर्लप्पै वैधानिकता प्रदान गरिदियो ।

    चीनविरुद्ध दलाई लामाका अनुयायी खम्पा विद्रोहीले नेपाली भूमि मुस्ताङलाई आधार क्षेत्र बनाएर सिआइए र भारतको सहयोगमा छेडेको विद्रोहलाई नेपाली सेनाले दमन गरेपछि त्यसका कमाण्डर गे वाङ्दीसहितको पल्टन भागेर भारततर्फ भाग्दै थिए । त्यहीबेला नेपाली सेनाले उनलाई लिपुलेकमा घेरा हाल्यो । गे वाङ्दीहरु २०३१ साल भदौ २४ गते टिँकरमा मारिए । अर्थात्,जताबाट पनि यो मामिलामा चीन जोडिएर आउँछ। सन १९६१ मा चीनले नेपाली भूमि भनी स्वीकारेको ठाउँमा चीनबिरोधी खम्पाहरु १९७४ मा नेपाली सेनाबाट हताहत हुनु सो भूभागमाथि नेपाली स्वामित्वको अकाट्य प्रमाण हो ।

    विगतमा चीनको सद्भाव, सहकार्य नेपालप्रति कस्तो थियो र नेपालले पनि चीनलाई पाइला पाइलामा कसरी सघाउदै आयो भन्ने कुराको सन्दर्भ यहाँ गाँसिन आउँछ ।

    सन १९६१ मा चीनले नेपाली भूमि भनी स्वीकारेको ठाउँमा चीनबिरोधी खम्पाहरु १९७४ मा नेपाली सेनाबाट हताहत हुनु सो भूभागमाथि नेपाली स्वामित्वको अकाट्य प्रमाण हो ।

    3.jpg

    4.jpg

    5.jpg

    राष्ट्रपति विद्यादेवी भण्डारीले  शुक्रबार सदनको संयुक्त बैठकमा पेश गरेको सरकारको नीति तथा कार्यक्रममा गुमेको नेपाली भूभागको संरक्षण गर्ने, कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गर्ने घोषणा भएको छ ।

    चीनसँग भएको सन्धिको बुँदा नं. १ को दफा १ मा ‘चीन–नेपाल सीमारेखा काली नदी, टिंकर नदीको पानीढलो तथा मापचु -कर्णाली नदीका सहायक नदीहरु) र टिंकर नदीको पानी ढलो सम्मिलित भएको स्थानबाट प्रारम्भ हुन्छ । त्यहाँबाट दक्षिण पूर्वतर्फ टिंकर नदी र सेती नदीको पानी ढलो हुँदै न्युमाचिसा (लिपुधुरा हिमालको श्रृंखला) र टिंकर लिपुधुरा भञ्ज्याङबाट गुज्रिएर उराही भञ्ज्याङतर्फ जान्छ भनेर स्वीकारिएको छ । त्यसैमा राजा महेन्द्रले पनि हस्ताक्षर गरेका छन् ।

    यसरी नेपालले चीनसँगको मित्रतामा प्राविधिक हिसाबले थुप्रै दुःखकष्टमा साथ पायो र दियो पनि । भर्खर जापान र ब्रिटेनको गुलामीबाट मुक्त भएको, फ्रेञ्च, अमेरिकनहरुले अफिम युद्धबाट थिलथिलो बनाएको चीनलाई कम्युनिष्टहरुले भारतभन्दा दुई वर्षपछि स्वाधीनता पाएपछि संयुक्त राष्ट्रसंघमा प्रवेश गर्न नेपालले साथ दिएकै हो । त्यसको बदलामा चीनले पनि नेपाललाई साथ दिँदै रह्यो । तर, आफैंले नेपालसँग गरेको सन्धिलाई उसले बिर्सिएको या बिर्सेजस्तो गरेको छ । नेपालको अस्मिता लुटिएको छ । सार्वभौमिकता र अखण्डतामाथि प्रहार भएको छ ।

    6.jpg

    7.jpg

    भनिन्छ, साथीको पहिचान दुःखको बेलामा हुन्छ । यो दस्तावेज त्यसैको एउटा प्रमाण हो । अब असल मित्रताको पहिचान दिने, देखाउने पालो चीनको आएको छ । हेरौँ,यो अग्नीपरीक्षामा चीनको कति साथ हुनेछ ? हिजो भूटान नजिक दोक्लमको सिमानामा बाटो बनाउँदा चीनलाई जति दुखेको थियो, आज नेपालजस्तो छिमेकीको भूमिमा त्यही भारतले बाटो बनाउँदा उसलाई कति दुःख्छ रु हेर्न बाँकी छ ।

    त्यो सन्धिमा हस्ताक्षर भएको १ वर्ष १५ दिन नपुग्दै कालापानी, र लिम्पियाधुरालाई नेपाली भूमि भनेर स्वीकारेको चीनले भारतसँग लडाइँ गर्नुपर्यो । र, सन १९६२ को २० अक्टोबरदेखि २१ नोभेम्बरसम्म चीनसङ्ग लड्ने नाममा दिल्लीबाट सबैभन्दा छोटो दूरीको नेपाली भूभाग भारतले कब्जा गरिदियो!

    8.jpg

    9.jpg

    10.jpg

     

    11.jpg

    (जनआस्था साप्ताहिकबाट)

     

     

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ४ २०७७०४:१९:१६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend