आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बिहानै बढेर ३०० नजिक पुगे कोरोना संक्रमित, कुन जिल्लामा कति ?

बिहानै बढेर ३०० नजिक पुगे कोरोना संक्रमित, कुन जिल्लामा कति ?

  • मिडिया डबली
  • आइतवार, जेठ ४ २०७७

  • 7.2K
    SHARES

  • बिहानै बढेर ३०० नजिक पुगे कोरोना संक्रमित, कुन जिल्लामा कति ?

    काठमाडौं – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेर २९१ पुगेको छ ।

    आईतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २९१ पुगेको छ ।

    आईतबार संक्रमण पुष्टि भएकाहरूमा रौतहटको राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । यससँगै रौतहटमा मात्रै संक्रमितको संख्या १३ पुगेको छ ।

    रौतहटको राजपुर नगरपालिकाका–९ फरहदवा निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुष तथा इशनाथ नगरपालिका निवासी २८, ३० र ३३ वर्षीय पुरुषमा आईतबार संक्रमण पुष्टि भएको छ । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता अधिकारीले बताएका छन् ।

    हालसम्म पर्सामा ९१, कपिलवस्तुमा ४२, बाँकेमा ३३, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा १३, काठमाडौंमा ९, धनुषामा ५, कैलालीमा ४, बारा, चितवन, दाङ महोत्तरी र सर्लाहीमा ३/३, बागलुङ, झापा, भक्तपुर र बर्दियामा २/२ तथा भोजपुर, कञ्चनपुर र नवलपरासी पश्चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरी, सिरहा, काभ्रेपलाञ्चोक, धादिङ र सिन्धुपाल्चोकमा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

    संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

    corona.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ४ २०७७०३:४२:०८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend