काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि चीनविरुद्ध कड्किएका छन् ।
कोरोना भाइरस संक्रमणको महामारीपछि ट्रम्पले लगातार चीनमाथि प्रहार गरिरहेका छन् ।
राष्ट्रपति ट्रम्पले आईतबार बिहानै ट्विट गर्दै चीनले विभिन्न संगठनलाई दिँदै आएको आर्थिक सहयोगबारे प्रश्न उठाएका छन् ।
उनले लेखेका छन्, ‘हाम्रोभन्दा धेरै जनसंख्या हुँदा समेत चीनले विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र र विश्व व्यापार संगठनलाई आखिर अत्यधिक कम डलर दिनुको कारण के हो ? यो देशलाई कथित रुपमा विकासशील देशको मान्यता दिइएको छ ।’
उनले थपेका छन्, ‘उनीहरूलाई अमेरिका वा अन्य कुनै देशको तुलनामा धेरै सहुलियत दिइन्छ । चीनबाट फैलिएको यो महामारी अघि हाम्रो अर्थव्यवस्थाले सबैलाई पछि पारिरहेको थियो । कुनै पनि देशको तुलनामा सबैभन्दा राम्रो थियो । हामी पुनः त्यो स्थानमा हुनेछौं र त्यो छिट्टै हुनेछ ।’
Why is it that China, for decades, and with a population much bigger than ours, is paying a tiny fraction of $’s to The World Health Organization, The United Nations and, worst of all, The World Trade Organization, where they are considered a so-called “developing country” and...
— Donald J. Trump (@realDonaldTrump) May 16, 2020
यसअघि समेत चीनले कोरोना भाइरसको सूचना लुकाएर संसारभर फैलाएको लगायत आरोप लगाउँदै अभिव्यक्ति दिने गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।