आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

शिक्षण अस्पतालमा सामान्य सुत्केरी भएकी महिलालाई कोरोनाले मार्‍यो, कहाँ भयो गल्ती ?

शिक्षण अस्पतालमा सामान्य सुत्केरी भएकी महिलालाई कोरोनाले मार्‍यो, कहाँ भयो गल्ती ?

  • मिडिया डबली
  • शनिवार, जेठ ३ २०७७

  • 5.8K
    SHARES

  • शिक्षण अस्पतालमा सामान्य सुत्केरी भएकी महिलालाई कोरोनाले मार्‍यो, कहाँ भयो गल्ती ?

    काठमाडौं – धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
    सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोरोनाले मृत्यु भएको हो ।

    ती महिलाको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुवैको स्वास्थ्य सामान्य रहेकोमा बैशाख २५ गते डिस्चार्ज भएर घर गएकी थिइन् ।

    घर पुगेपछि उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको निधन भएको थियो ।

    कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ । यद्यपि उनको मृत्यु कोरोनाकै कारण भएको घोषणा गर्नुपूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार नै अध्ययन टोली धुलिखेल अस्पतालमा पठाएको थियो ।

    टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ । मन्त्रालयले शनिवार साँझ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कोभिड १९ सँग सम्बन्धित थप परीक्षणपश्चात नेपालमा कोभिड १९ बाट मृत्यु भएको पहिलो घटना भएको पुष्टि भएको छ ।’

    मृतक महिलाको संक्रमणको स्रोत कहाँ हो भनेर मन्त्रालयले स्पष्ट पारेको छैन । शिक्षण अस्पतालमा उपचार गरेर गएपछि ती महिलामा कोरोनाका लक्षण देखिएका थिए ।

    c12.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०४:४७:३३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend