आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाली सेनाका पृतना प्रमुखलाई कोरोना संक्रमण, लकडाउनमा के गर्दा सर्‍यो ?

नेपाली सेनाका पृतना प्रमुखलाई कोरोना संक्रमण, लकडाउनमा के गर्दा सर्‍यो ?

  • मिडिया डबली
  • शनिवार, जेठ ३ २०७७

  • 6.7K
    SHARES

  • नेपाली सेनाका पृतना प्रमुखलाई कोरोना संक्रमण, लकडाउनमा के गर्दा सर्‍यो ?

    काठमाडौं – नेपाली सेनाको मध्यपूर्वी पृतनाका प्रमुखलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।

    स्वास्थ्य मन्त्रायलले शनिवार अपराह्न काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो ।

    मन्त्रालयले पुष्टि गरेका संक्रमित नेपाली सेनाको मध्यपूर्वी पृतनामा कार्यरत भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताएका छन् । प्रवक्ता पाण्डेले सैनिकको दर्जा भने खुलाएनन् ।

    स्रोतका अनुसार संक्रमित व्यक्ति ५२ वर्षीय पुरुष नेपाली सेनाका पृतनापति रहेको जनाइएको छ । मध्यपूर्वी पृतनामा उपरथीको नेतृत्व रहेको छ ।

    बर्दिवासको किसाननगरस्थित पृतनाका प्रमुख लकडाउनका समयमा विभिन्न कार्यक्रममा सहभागी हुने गरेका थिए । त्यसक्रममा उनलाई संक्रमण भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको सैनिक स्रोतले बताएको छ ।

    सेनाको पृतनामा चिकित्सक सहितको सुविधा छ । त्यसैले उनलाई बाहिरको अस्पतालमा राख्ने वा ब्यारेकमै आइसोलेसनमा राख्ने भन्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।

    महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सैनिक अधिकारीको दर्जा थाहा भई नसकेको दाबी गरेका छन् । महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले पनि संक्रमित व्यक्ति सेनाको उच्च अधिकृत भएपनि थप विवरण बताउन नमिल्ने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०३:०६:१७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend