आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

शिक्षकसहित चार जनाले १४ वर्षीया बालिका माथि यौन शोषण गरेर गर्भवती बनाएको खुलसा

शिक्षकसहित चार जनाले १४ वर्षीया बालिका माथि यौन शोषण गरेर गर्भवती बनाएको खुलसा

  • मिडिया डबली
  • शनिवार, जेठ ३ २०७७

  • 6.8K
    SHARES

  • शिक्षकसहित चार जनाले १४ वर्षीया बालिका माथि यौन शोषण गरेर गर्भवती बनाएको खुलसा
    फाइल तस्बिर

    काठमाडौं–धनकुटामा एक बालिकालाई यौन शोषण गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

    धनकुटा नगरपालिकाकी १४ वर्षीया दलित बालिकालाई पटकपटक यौन शोषण गरेको आरोपमा धनकुटा ६ का गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुदर्शन कोइरालाले जानकारी दिए।

    बालिकालाई यौन शोषणको आरोप लागेका शिक्षक मदन अधिकारी भने फरार रहेका खबर आजको राजधानी दैनिकले लेखेको छ।

    पीडित पक्षले अधिकारी, अत्री, श्रेष्ठ र मगरले बालिकालाई यौन शोषण गर्दै आएको भन्दै प्रहरीमा जाहेरी दिएपछि आरोपी तीनजना पक्राउ परेका हुन्। फरार अधिकारी स्थानीय गोकुण्डेश्वर स्कुलका शिक्षक हुन्।

    उनीहरुले ती बालिकालाई ६ महिनाभन्दा अघिदेखि ललाइफकाई पटकपटक यौन शोषण गर्दै आएको आरोप छ।

    बालिका गर्भवती भएर अस्वाभाविक रुपमा पेट बढेपछि सोधपुछ गर्ने क्रममा घटनाको रहस्य बाहिरिएको हो।

    स्वास्थ्य परीक्षणको क्रममा बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको पत्ता लागेको धनकुटा जिल्ला अस्पतालका प्रमुख पुजन विश्वकर्माले जानकारी दिए।

    महिला अधिकारकर्मी कोपिला शंकरका अनुसार उनीहरुले बालिकालाई ५०–१०० रुपैयाँ दिएर ६ महिनादेखि घर र जंगलमा लगि बलात्कार गर्दै आएका थिए।

    ‘अरु कसैलाई नभन्नु भनेर बालिकालाई दबाब दिँदै आएका रहेछन्,’ उनले भनिन्, ‘गर्भ बसेर पेट बढ्नाले मात्र घटना थाहा भयो, नत्र गुपचुप रहने रहेछ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०५:१९:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend