काठमाडौं – कोरोना भाइसको उद्गमस्थलमा मानिएको चीनमा संक्रमण बिस्तारै कम हुँदै गएको बेला नेपालको छिमेकी देश भारतमा भाइरस संक्रमण दिनहुँ बढ्दै गइरहेको छ ।
पछिल्लो तथ्यांक हेर्दा चीनभन्दा भारतमा संक्रमितको संख्या धेरै भएको छ ।
भारतमा शुक्रबार एकैदिन ३ हजारभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतमा हालसम्म ८५ हजार ७८४ जनामा संक्रमण पुष्टि भएको छ भने त्यहाँ ३० हजार २ सय ३४ जना उपचारपछि निको भएका छन् । कोरोना संक्रमणले २ हजार ७०० जनाभन्दा धेरैको मृत्यु भएको छ ।
चीनमा भारतभन्दा संक्रमण दर कम छ । हालसम्म चीनमा ८२ हजार ९३३ जना मात्रै संक्रमित रहेका छन् । चीनमा ७८ हजारभन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् भने ४ हजार ६३३ जनाको ज्यान गएको छ ।
कोरोना भाइरस रोकथामका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन गर्दै आएपनि संक्रमितको संख्या बढ्दै गइरहेको छ । प्रधानमन्त्री मोदीले सामाजिक दूरी कायम गर्न पनि आग्रह गर्दै आएका छन् ।
भारतमा संक्रमितको संख्या बढ्दै जाँदा नेपालसम्म भयंकर खतरा देखिएको छ । भारतमा संक्रमित भएका नेपाली लुकिछिपी नेपाल प्रवेश गर्ने र समुदायस्तरमा कोरोना भाइरस सार्ने खतरा रहेको बताइन्छ । भारतबाट आएका धेरै व्यक्तिमा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।