आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाडौंमा खतरा : टिचिङ अस्पतालमा डाक्टरलाई पनि कोरोना संक्रमण पुष्टि !

काठमाडौंमा खतरा : टिचिङ अस्पतालमा डाक्टरलाई पनि कोरोना संक्रमण पुष्टि !

  • मिडिया डबली
  • शनिवार, जेठ ३ २०७७

  • 21.7K
    SHARES

  • काठमाडौंमा खतरा : टिचिङ अस्पतालमा डाक्टरलाई पनि कोरोना संक्रमण पुष्टि !

    काठमाडौं – प्रदेश ५ को दाङ जिल्लामा पहिलोपटक फेला परेका ३ जना कोरोना संक्रमितमध्ये १ जना काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको पाइएको छ ।

    तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका–७ घर भएका ३४ वर्षीय संक्रमित पुरुष काठमाडौंमै रहेको जनाएका छन् ।

    टिचिङ अस्पतालमा बिरामीको उपचार गर्ने क्रममा उनलाई संक्रमण भएको अनुमान छ । यसअघि टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । बालिकाको सम्पर्कमा रहेका डाक्टर तथा नर्सहरूलाई आइसोलेसनमा राखिएको छ ।

    स्वास्थ्य मन्त्रालयले शुक्रवार बेलुका जारी गरेको प्रेस विज्ञप्तिमा दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा १ जना र गढवा गाउँपालिका वडा नम्बर ४ र ५ मा २ जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

    तुलसीपुरका व्यक्ति काठमाडौंमै रहेकाले उनलाई काठमाडौंमै गणना गर्नुपर्ने मेयर पाण्डेले बताएका छन् । ती डाक्टरको काठमाडौंमै भएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको छ ।

    यसअघि रुपन्देही र पर्साका स्वास्थ्यकर्मीहरूमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य २ जना संक्रमित व्यक्ति दाङको गढवा गाउँपालिका–४ र ५ वडाका रहेका छन् ।

    ती संक्रमित भारतबाट घर फर्कने क्रममा कपिलवस्तुको कृष्णनगरको क्वारेन्टाइनमा बसेका थिए । ३ दिनअघि कृष्णनगरबाट गढवा उद्योग वाणिज्य संघको एम्बुलेन्सबाट गढवा पुगेर जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०२:०९:२४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend