काठमाडौं – शुक्रबार साँझ थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
थपिएकोसँगै देशभर संक्रमितको संख्या २६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।
शुक्रबार बिहान पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै शुक्रबार एकैदिन १८ जना संक्रमित थपिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको हो ।
नयाँ पोजेटिभ देखिएका पर्साका १० वर्षीय बालक, २३, ४७ वर्षीय महिला, उदयपुर, त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष, दाङको गढवा–४, ५ र तुलसीपुर–७ निवासी २३, ३६, ३४ वर्षीय पुरुष रहेका छन् । काठमाडौंको सतुंगल निवासी ७ वर्षीय बालकमा समेत कोरोना पोजेटिभ देखिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २३ हजार ९१४ नमूना परीक्षण गरिएको छ । संक्रमण बढ्ने खतरा देखिएका क्षेत्रमा मन्त्रालयले परीक्षणको दायर बढाउँदै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।