आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाडौंमा अझै थपिए कोरोना संक्रमित

काठमाडौंमा अझै थपिए कोरोना संक्रमित

  • मिडिया डबली
  • शुक्रवार, जेठ २ २०७७

  • 5.4K
    SHARES

  • काठमाडौंमा अझै थपिए कोरोना संक्रमित

    काठमाडौं – राजधानी काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नगरपालिकामा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    चेकजाँच गर्दा ५ जनाको परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि नगरपालिकाले लकडाउनलाई थप कडाइ गरेको छ ।

    नगरपालिकाले सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ४८५ जनालाई गरेको पीसीआर परीक्षणमा ५ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि लकडाउनलाई कडाइ गर्न लागेको छ ।

    परीक्षण गरिएका ४८५ जनामध्ये ७२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । पोजेटिभ रिपोर्ट आएकामध्ये वडा नम्बर ९ मच्छेगाउँका १, वडा नम्बर १ दहचोकका १, वडा नम्बर १२ बलम्बुका १ र २ जना सशस्त्र प्रहरी बलमा कार्यरत व्यक्ति रहेका छन् ।

    सशस्त्रका २ जनामध्ये १ जना अस्पतालमा कार्यरत र अर्का १ जना भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए ।

    नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिमा कोरोना संक्रमितको संख्या बढेकाले नगरपालिकाभित्र ३ दिनका लागि लकडाउनलाई कडाइ गर्न लागेको जानकारी दिए । ‘भोलिदेखि ३ दिनसम्म नगरपालिकाभित्रका औषधी पसलबाहेक अन्य पसल र नगरपालिकाभित्र हुँदै आएका विकास निर्माणका कार्यलाई सञ्चालनमा रोक लगाउने निर्णय गरेका छौं,’ उनले भने ।

    बिरामी मानिस हिँडडुल गर्नुपरेमा सामाजिक दूरी कायम राखी, स्यानेटाइजर, माक्स र पञ्जा लगाएर मात्र हिँड्न आग्रह गरिएको प्रवक्ता महर्जनले बताएका छन् । नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरिमा कोरोना संक्रमितको संख्या बढेसँगै चेकजाँचको संख्यालाई समेत वृद्धि गरिएको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २ २०७७०३:२२:२५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend