आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसको प्रश्न : यस्तो पनि सरकारको नीति तथा कार्यक्रम हुन्छ ?

कांग्रेसको प्रश्न : यस्तो पनि सरकारको नीति तथा कार्यक्रम हुन्छ ?

  • मिडिया डबली
  • शुक्रवार, जेठ २ २०७७

  • 5.4K
    SHARES

  • कांग्रेसको प्रश्न : यस्तो पनि सरकारको नीति तथा कार्यक्रम हुन्छ ?

    काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको नीति तथा कार्यक्रमलाई नेपाली कांग्रेसका नेताहरूले आत्मप्रशंसाको पुलिन्दा भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

    नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आत्मप्रशंसाको पुलिन्दा भएको टिप्पणी गरे ।

    डा. महतले भने, ‘सरकारले आगामी वर्ष गर्नुपर्ने कामभन्दा पनि अहिलेसम्म गरेका कमजोरीहरू लुकाउने हिसाबले नीति तथा कार्यक्रम ल्याएको छ । आफ्नो प्रशंसा आफैं गरेर सरकार जनताप्रति अनुत्तरदायी रहेको पुष्टि गरेको छ ।’

    नेता महतले आफूलाई नीति तथा कार्यक्रम जस्तै नलागेको प्रतिक्रिया दिएका छन् । ‘यसका धेरै डिफेक्टहरू छन्,’ उनले भने, ‘पहिलो कुरा त आत्मप्रशंसा छ । नीति तथा कार्यक्रम भनेको आगामी आर्थिक वर्षमा अगाडि बढाइने खास महत्त्वपूर्ण नयाँ कार्यक्रमहरूको संगालो हो । यसमा प्राथमिकता तय गरिएको हुन्छ । त्यस्तो देखिएन । यस्तो पनि नीति तथा कार्यक्रम हुन्छ ?’

    ‘आगामी वर्षका लागि सरकारको प्राथमिकता के हो ? आगामी आर्थिक वर्षमा सरकारले देखाउने उपलब्धि के हो ? राष्ट्रिय स्तरका कार्यक्रममा जोड दिइनुपर्थ्यो, जुन गरिएन,’ उनले भने ।

    उनले राष्ट्रपतिले गरेको भाषणमा झण्डै आधा जति चाहिँ विगतमा के–के भयो भनेर उल्लेख गरेको बताए । ‘हरेक ठाउँमा सरकारको प्रशंसा गरेको छ,’ उनले भने, ‘मन्त्रालयका विभाग विभागले गरेका कामहरू पनि राष्ट्रपतिको भाषणमा आएको छ । यो कसरी नीति तथा कार्यक्रम भयो ?’

    सरकारले कुनै पक्षसँग पनि छलफल गर्न जरुरी नठानेको आरोप उनले लगाए । ‘यो राष्ट्रिय नीति तथा कार्यक्रम हो, यसमा राष्ट्रिय अपनत्व हुनुपर्थ्यो । सरकारले कुनै पनि पक्षसँग छलफल गरेन । आफ्नै नेताहरूसँग पनि छलफल नगरिकन ल्याएको यो नीति तथा कार्यक्रममा जनताले कसरी अपनत्व महसूस गर्ने हो ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २ २०७७०२:३४:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend