आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सचिव पदस्थापनमा लफडा, भयंकर जुँगाको लडाई!

सचिव पदस्थापनमा लफडा, भयंकर जुँगाको लडाई!

  • मिडिया डबली
  • शुक्रवार, जेठ २ २०७७

  • 7.0K
    SHARES

  • सचिव पदस्थापनमा लफडा, भयंकर जुँगाको लडाई!

    काठमाडौं– लकडाउनका बेला दौडधुप र भनसुन गर्न पनि गाह्रो । त्यही भएर नेपाल सरकारका रिक्त दुई र बाँकी अर्को एक सचिवको पदस्थापनका लागि आकांक्षीहरुलाई अप्ठेरो छ ।

    हिजो बुधबार शिक्षा सचिव खगराज बराल र सञ्चार सचिव दीपक सुवेदीले बुधबार अवकास पाए । श्रम,रोजगार तथा सामाजिक सुरक्षा सचिव विनोद केसी पनि जेठ २० गते अनिवार्य अवकासमा जाँदैछन् ।

    जानेहरु त बाटो लाग्ने नै भए । त्यहाँ पुग्नेहरुका बाटो भने कोरोनाले छेकिदिँदा अप्ठेरो परेको हो ।

    खालि भएका मन्त्रालयका लागि गण्डकी प्रदेशका प्रमुख सचिव हरि बस्याल,बागमति प्रदेशका तोयम राय र ५ नं. प्रदेशका तोयनारायण ज्ञवालीहरुवीच प्रतिस्पर्धा चलेको छ । आकांक्षीहरु यसबाहेकका पनि छन् । भर्खरै काठमाडौं महानगरपालिका पठाइएका एकनारायण अर्याललाई सञ्चार मन्त्रालय दिएर अरु आकांक्षीमध्येबाट महानगरमा पठाउने कि भन्ने चर्चा पनि छ ।

    तर, कोरोनाले कस्तो स्थिति बनायो भने, भित्र–भित्र कुरा चल्ने,बाहिर पत्तो नहुने । अहिले देशका सचिवहरु यो समस्याले आक्रान्त छन् । जनआस्था साप्ताहिकबाट

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २ २०७७०४:३५:२९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend