काठमाडौं – सामाजिक सञ्जाल र जनस्तरबाट चर्काे विरोध भएपछि गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई झापाबाट काठमाडौं आउन सवारीसाधन पास उपलब्ध गराएको छ ।
बिहीवार सवारी पास जारी गरिएको केही घण्टामै गृह मन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले पूर्वराजाको पास खारेज गरेका थिए ।
गृह मन्त्रालयको कदमको सामाजिक सञ्जालमार्फत आम नागरिले चर्काे विरोध गरेपछि मन्त्रालयले पास दिएको छ । बिहीवार अबेर राति नै फेरि गृह मन्त्रालयले सवारी पास दिने निर्णय गरेको जनाइएको छ ।
पूर्वराज दम्पती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रवार बिहान साढे ८ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौं प्रस्थान गरेका छन् । झण्डै २ महिनाअघि झापा गएका पूर्वराजा लकडाउनका कारण झापामै रहन बाध्य भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।