आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

फेरि थप ९ जनामा कोरोना संक्रमण पुष्टि, देशभर २५८ संक्रमित

फेरि थप ९ जनामा कोरोना संक्रमण पुष्टि, देशभर २५८ संक्रमित

  • मिडिया डबली
  • शुक्रवार, जेठ २ २०७७

  • 4.8K
    SHARES

  • फेरि थप ९ जनामा कोरोना संक्रमण पुष्टि, देशभर २५८ संक्रमित

    काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या थप ९ बढेको छ ।

    शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार मकवानपुरका ३७ वर्षीय पुरुष, बाँके नैनापुर १, ३ र ५ का १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । थपिएका व्यक्तिसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।

    केही दिनयता नेपालमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । प्रदेश नम्बर २ र ५ मा बढी संक्रमित देखिएका छन् ।

    cc.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २ २०७७०३:४१:४१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend