आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

डोनाल्ड ट्रम्पले चीनलाई दिए भयंकर धम्की, विवाद उत्कर्षमा

डोनाल्ड ट्रम्पले चीनलाई दिए भयंकर धम्की, विवाद उत्कर्षमा

  • मिडिया डबली
  • शुक्रवार, जेठ २ २०७७

  • 5.5K
    SHARES

  • डोनाल्ड ट्रम्पले चीनलाई दिए भयंकर धम्की, विवाद उत्कर्षमा

    काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक पुनः कोरोना महामारीका लागि चीनको आलोचना गर्दै चीनसँग सम्बन्ध तोड्ने भयंकर धम्की दिएका छन् ।

    राष्ट्रपति ट्रम्पले फक्स बिजेनशसँगको कुराकानीमा भने, ‘हामीले धेरै कुरा गर्न सक्छौं, हामी सबै सम्बन्ध तोड्न सक्छौं ।’

    ट्रम्पले पुनः आफैंले सोधे, ‘यदि यस्तै भए के होला ?’ अनि जवाफ पनि दिए, ‘यदि सबै सम्बन्ध तोड्नुभयो भने तपाईंले आफ्नो ५०० अर्ब डलर बचाउनुहुनेछ ।’

    ट्रम्पको इशारा चीनसँगको द्वीपक्षीय व्यापारमा अमेरिकाको विशाल घाटातर्फ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिका पछिल्लो केही समयदेखि चीनमाथि भाइरसका लागि क्षतिपूर्ति दिनका लागि दबाब बनाइरहेको छ ।

    अमेरिकाले चीनमाथि महामारीको सुरूवाती जानकारी लुकाएको आरोप लगाउँदै आएको छ । तर चीनले लगातार यो आरोप अस्वीकार गर्दै आएको छ ।

    ट्रम्पकोे चीन–विरोधी बयानलाई मानिसहरूले नोभेम्बरमा हुने राष्ट्रपति चुनावको रणनीतिको रुपमा हेरिरहेका छन् । चिनियाँ विदेश मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा अमेरिकी जनताको रक्षा गर्न राष्ट्रपति ट्रम्प असफल भएको आरोप लगाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २ २०७७०२:१५:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend