काठमाडौं – नेपालमा फेरि कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार साँझ थप ३ जनामा संक्रमण देखिएको छ ।
थपिएका नयाँ संक्रमित काठमाडौं, धनुषा र धादिङका रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीया महिला र धादिङ निवासी ३० वर्षीया महिलामा संक्रमण देखिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।