काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध लगातार अभिव्यक्ति दिन थालेपछि चीनले पनि ट्रम्पमाथि गम्भीर आरोप लगाएको छ ।
ट्रम्पले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको आरोप चीनले लगाएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको समेत चीनको विदेश मन्त्रालयले जनाएको छ ।
यसअघि ट्रम्पले चीनले सूचना लुकाएर कोरोना भाइरस संसारभर फैलाएको आरोप लगाउने गरेका थिए ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप्पणी गरेका छन् । अमेरिकी प्रशासनले चीनलाई समेत कोरोना नियन्त्रणका लागि चीनले खेलेको प्रभावकारी भूमिकाको पनि गलत प्रचार गरेको उनले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विदेश मन्त्रालयको दैनिक पत्रकार सम्मेलनमा बिहीवार प्रवक्ता झाओले अमेरिकी अधिकारीहरूले कोरोना भाइरसको महामारीलाई पनि राजनीतिकरण गरेको आरोप लगाएका छन् । ‘आफ्नो जिम्मेवारीभन्दा पनि चीनको विषयमा नभएका हल्लाहरू सिर्जना गर्नु कुनै पनि राष्ट्रका लागि शोभनीय कुरा होइन । यो जायज छैन,’ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।