आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना जाँच्ने ल्याबकी प्रमुख रुना झाबाट गम्भीर गल्ती, कारवाही अगाडि बढ्यो !

कोरोना जाँच्ने ल्याबकी प्रमुख रुना झाबाट गम्भीर गल्ती, कारवाही अगाडि बढ्यो !

  • मिडिया डबली
  • बिहिवार, जेठ १ २०७७

  • 28.5K
    SHARES

  • कोरोना जाँच्ने ल्याबकी प्रमुख रुना झाबाट गम्भीर गल्ती, कारवाही अगाडि बढ्यो !

    काठमाडौं – कोरोना भाइरस संक्रमण भए/नभएको जाँच गर्ने सरकारको अन्तिम निकाय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख (निर्देशक) रुना झाले गम्भीर गल्ती गरेको खुलासा भएको छ ।

    सरकार र सम्वद्ध निकायलाई जानकारी नै नदिई कोरोना संक्रमित पहिलो नेपाली युवाको भाइरस (जनेटिक) एउटा विदेशी संस्थालाई अनुसन्धान गर्न दिएको निर्देशक झामाथि कारवाही प्रक्रिया अगडि बढेको छ ।

    स्वास्थ्य अनुसन्धान परिषद्ले रुना झासहित ६ जना इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डे, पूर्व निर्देशक विवेकलाल कर्ण र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक अनुप बास्तोलालाई लिखित स्पष्टीकरण सोधेर कारवाही अगाडि बढाएको छ । राष्ट्रिय प्रयोगशालाकै डा. रन्जित साह र हेमन्तचन्द्र ओझालाई पनि स्पष्टीकरण सोधिएको जनाइएको छ ।

    बैशाख २९ गतेको पत्रमा सोधिएको स्पष्टीकरणमा १ हप्ताभित्र जवाफ पेश गर्न निर्देशन दिइएको छ । स्पष्टीकरणमा सोधिएको छ, ‘तपाईंहरूको टोलीले विदेशीहरूलाई समेत संलग्न गरी माइक्रोबायालोजी रिसोर्स अनाउन्सेमन्टमा प्रकाशन गरेको अनुसन्धान लेख गैरकानूनी भएकाले तपाईहरूलाई किन कारबाही नगर्ने ?’

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन २०४७ बमोजिम कुनै पनि मानव स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्व स्वीकृत लिनुपर्ने प्रावधान छ । कानूनी प्रावधान विपरीत ६ जनाको टोलीले स्वीकृति नलिई अनुसन्धान कार्य सम्पन्न गरी वैज्ञानिक लेख समेत प्रकाश गरेको पाइएकाले कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

    नेपालको प्रचलित कानून र आचारसंहिता विपरीत रुना झासहितको टोलीले नेपालीको भाइरस बेचेको गम्भीर आरोप छ ।

    ती युवालाई कोरोना संक्रमण भए/नभएको पत्ता लगाउन संकलन गरिएको नमूना सरकारलाई थाहै नदिई झासहितको टोलीले विदेशी संस्थालाई अन्य प्रयोजनका लागि अनुसन्धान तथा सिक्वेन्सिङ गर्न दिएको खुलासा भएपछि कारबाही प्रक्रिया अगाडि बढेको छ । सबै जनाले आफूहरूबाट गम्भीर गल्ती भएको स्वास्थ्य मन्त्रालयको आन्तरिक बैठकमा स्वीकार समेत गरेका छन् ।

    एउटा प्रयोजनका लागि संकलन गरिएको नमूना अन्य प्रयोजनमा प्रयोग गर्न दिइनु नेपालको कानून विपरीत मात्र नभई बायोमेट्रिक सम्बन्धी महासन्धी र नोगोयो प्रोटोकल २०१४ को पनि विपरीत पनि रहेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ १ २०७७०३:०७:४९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend