काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाम र परीक्षणमा लापरवाही गरिरहेको कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले कडा आदेश दिएको छ ।
अदालतले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न तत्काल पीसीआर परीक्षणको दायरा बढाउन ओली सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा तत्काल बढाउन अन्तरिम आदेश जारी गरेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जनाएका छन् ।
अधिवक्ता कमलबहादुर खत्री सहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले दायरा बढाउन आदेश जारी गरेको छ ।
नेपालमा पनि कोरोनाको संक्रमण बढ्ने क्रम तीव्र भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४६ पुगेको छ । संक्रमितमध्ये ३५ जना उपचारपछि निको भएकोमा बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।