आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देशभरका सीडीओका निर्णय एकैपल्ट खारेज, गृह मन्त्रालयबाट थप कडा निर्देशन

देशभरका सीडीओका निर्णय एकैपल्ट खारेज, गृह मन्त्रालयबाट थप कडा निर्देशन

  • मिडिया डबली
  • बिहिवार, जेठ १ २०७७

  • 6.8K
    SHARES

  • देशभरका सीडीओका निर्णय एकैपल्ट खारेज, गृह मन्त्रालयबाट थप कडा निर्देशन

    काठमाडौं – विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमण नेपालमा बढ्दै गएपछि गृह मन्त्रालय कडा भएको छ ।

    गृह मन्त्रालयले देशभरका सीडीओका निर्णयका आधारमा यसअघि वितरण भएका सवारीसाधन सम्बन्धी सबै पास खारेज गरिदिएको छ । गृह मन्त्रालयले बिहीबार सबै खाले पास खारेज गरिदिएको हो ।

    जेठ ३ गतेदेखि लागू हुने गरी सम्बन्धित जिल्लाभित्र र बाहिर आवागमन गर्न दिइएका सवारी पास खारेज गरिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताएका छन् ।

    जिल्लामा पास दिनुपरे सीडीओले गृह मन्त्रालयको समन्वयमा पास उपलब्ध गराउनुपर्ने भएको छ । यसअघि सीडीओले एकल निर्णयमा पास दिनसक्ने व्यवस्था थियो । अब सीडीओको अधिकार संकुचित हुँदै गृह मन्त्रालयसँग समन्वय गर्नुपर्ने भएको छ ।

    सञ्चारकर्मीको हकमा सूचना विभागबाट जारी गरिएको पासबाट आवागमन गर्न दिइने उनले बताए । मन्त्रालयले यसअघि जिल्ला बाहिरका लागि जारी गरिएका पासहरू यसअघि नै मन्त्रालयले खारेज गरिसकेको थियो ।

    नेपालमा हालसम्म कोरोनाका २४६ जना संक्रमित पुष्टि भएका छन् । राजधानी काठमाडौं र भक्तपुरमा कोरोनाका संक्रमित देखिएका छन् भने प्रदेश २ र ५ मा समुदायस्तरमै कोरोना फैलिएको देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ १ २०७७०१:३१:०९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend