आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना भाइरसबारे डब्ल्यूएचओको खतरनाक चेतावनी, विश्वभर हलचल

कोरोना भाइरसबारे डब्ल्यूएचओको खतरनाक चेतावनी, विश्वभर हलचल

  • मिडिया डबली
  • बिहिवार, जेठ १ २०७७

  • 14.3K
    SHARES

  • कोरोना भाइरसबारे डब्ल्यूएचओको खतरनाक चेतावनी, विश्वभर हलचल

    काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अहिले विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस कहिल्यै अन्त्य नहुन पनि सक्ने चेतावनी दिएको छ।

    डब्ल्यूएचओको आपतकालीन सवाल निर्देशक माइकल रायनले कोरोना रूप बदलेर विश्वमा सधैं रहन सक्ने सम्भावना रहेको बताएका हुन्। ‘कोरोना क्षेत्रअनुसार रूप बदलेर अर्को भाइरस बनेर बसिरहन सक्ने देखिन्छ, कहिले समाप्त नहुन पनि सक्छ,’ जेनेभामा भएको भर्चुअल प्रेस सम्मेलनमा उनले भने।

    उनले एचआईभी भाइरसको उदाहरण दिँदै अगाडि भने, ‘जसरी यो अहिलेसम्म निर्मूल हुन सकेको छैन।’ निर्देशक रायले यसविरुद्ध खोप नबन्दासम्म मानिसले यस रोगविरुद्ध उचित स्तरको प्रतिरोध क्षमता प्राप्त गर्न वर्षौं लाग्ने पनि बताए।

    अहिले विश्वमा कोरोनाविरुद्ध खोप बनाउने धेरै प्रयास जारी छन्। संसारमा अहिले कम्तीमा यसका लागि सय वटा खोप विकास भइरहेका छन्। तर विश्वका वैज्ञानिक पनि के भनिरहेका छन् भने यसको खोप कहिल्यै नबन्न पनि सक्छ।



    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ १ २०७७०४:३४:५७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend