आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रचण्डलाई ओलीको प्रश्नः नढाँटी भन्नुस् त, मेरा कपालका कति रौँ–भुत्ला लुछ्न लगाउनुहुन्छ?

प्रचण्डलाई ओलीको प्रश्नः नढाँटी भन्नुस् त, मेरा कपालका कति रौँ–भुत्ला लुछ्न लगाउनुहुन्छ?

  • मिडिया डबली
  • बिहिवार, जेठ १ २०७७

  • 7.7K
    SHARES

  • प्रचण्डलाई ओलीको प्रश्नः नढाँटी भन्नुस् त, मेरा कपालका कति रौँ–भुत्ला लुछ्न लगाउनुहुन्छ?

    काठमाडौं– ‘तपाईं नढाँटी भन्नुस् त, मेरा कपालका कति रौँ–भुत्ला लुछ्न लगाउनुहुन्छ ?’ प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो चिन्ता राखे, अर्का अध्यक्ष प्रचण्डसँग । प्रचण्डले भने, ‘म जिम्मा भएँ, तपाईंलाई केही अप्ठेरो पर्दैन । नीति तथा कार्यक्रम र कोरोनाबाहेकका विषयमा बैठक नमोड्ने मेरो बचन नै भयो । तर, बैठकचाहिँ बोलाइहालौँ ।’

    यस्तो सल्लाहपछि आज बुधबारका निम्ति नेकपाको स्थायी कमिटी बैठक बोलाइयो । तर, त्यही दिन विहान एउटा सूचना टाँसेर बैठक स्थगित भयो । बहाना बन्यो, भीम रावलका पिएसओलाई कोरोना भएको ।

    यसरी दोस्रोपटक फेरि स्थायी कमिटी बैठकका नाममा लुकामारी खेलिएपछि नेकपा नेताहरु झन्–झन् छक्क परेका छन् ।

    प्रधानमन्त्रीको चिन्ता रहेछ, सरकारको कार्यशैलीलाई लिएर कमिटीका सदस्यले बैठकभरि बस्न–खान नदेलान् भन्ने । यसका लागि प्रचण्ड योजनावद्ध रुपमै आफूविरुद्ध लागेको र उनकै निर्देशनमा कुरा उठाउन नेताहरु तयार पनि पारिएको ।

    तर, यी सबै कुरालाई प्रचण्डले हाँसेरै उडाइदिए। भने, ‘त्यस्तो केही छैन । म लिखत गरौँ कि मौखिकले हुन्छ? जिम्मा नै लिन्छु, बैठकमात्रै बोलाइदिनुस् । अरु केही हुँदैन ।’

    प्रचण्डले यस्तो किन पनि भनेका थिए भने, माधव नेपालसहितका नेताहरु कम्तिमा नीति तथा कार्यक्रमअगाडि उद्घाटनै गर्न भए पनि बैठक बोलाउनुपर्ने पक्षमा थियो।

    यससँगै प्रश्न वैधानिकताको पनि छ । नेकपाको विधानअनुसार, बहुमत सदस्यले माग गरेको १५ दिनभित्र बैठक बोलाउनुपर्छ । तर, विधानका ती व्यवस्थालाई पूरै बेवास्ता गरिएको छ । जनआस्था साप्ताहिकबाट

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ १ २०७७०४:२१:४१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend