काठमाडौं–पछिल्लो एक साता यता नेपाल–भारत सिमा विवाद चर्किएको छ। गत साता भारतले नेपालको लिपुलेक क्षेत्र मिचेर मानसोरवर जाने सडक उद्घाटन गरेपछि सिमा विवाद चर्किएको हो।
सिमा विवादबारे छलफल गर्न बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक बोलाएका थिए। बैठकमा उनले नेपाली भूमी फिर्ता लिने बरु बनेको सडक भारतलाई नै भाडामा दिन सकिने बताएका थिए। उनको यो अभिव्यक्ती अहिले चर्चा र विवादको घरेमा तानिएको छ।
नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले ओलीको अभिव्यक्तीको विरोध गरेका छन्। उनले ओलीलाई प्रश्न गरेका छन्, आफ्नै घर जलाउनेसँग खरानीको भीख माग्ने? ‘आजभोलि कहिले लिपुलेक भारतलाई भाडामा दिने कुरा सुन्छु। कहिले लिपुलेकमा बनेको सडक भारतलाई भाडामा दिने कुरा सुन्छु। हामीलाई हाम्रो देशको माटो चाहिएको हो कि भाडा? आफ्नै घर जलाउनेसँग खरानीको भीख माग्ने? राष्ट्रीयताको संदर्भमा यो भन्दा दुर्भाग्य के हुन सक्छ?’ उनले ट्वीट गर्दै भनेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।