काठमाडौं – विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमितको संख्या नेपालमा बढ्दै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भर्खरै ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भर्खरै संक्रमण पुष्टि भएका व्यक्तिहरू सर्लाही, धनुषा, महोत्तरी, जिल्लाका रहेका छन् ।
यसअघि बिहान २ जनामा संक्रमण पुष्टि भएको सार्वजनिक गरिएको थियो । काठमाडौं र कपिलवस्तुका व्यक्तिमा बिहान संक्रमण देखिएको थियो ।
केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।