काठमाडौं – महोत्तरीको बर्दिवासमा स्थानीय युवाहरूले चिनियाँ राष्ट्रपति सी चिनफिङको पुत्ला दहन गरेका छन् ।
नेपाल प्रहरीमाथि चिनियाँ नागरिकहरूले गरेको आक्रमण र चिनियाँ मिडियाले सर्वोच्च शिखर सगरमाथा आफ्नो भूमिमा रहेको भन्दै ट्विट गरेको विषयलाई लिएर लालबन्दीमा युवाहरूले चिनियाँ राष्ट्रपति सी चिनफिङको पुत्ला दहन गरेका हुन् ।
बर्दिवासमा गौतम पाण्डेको नेतृत्वमा युवाहरूको समूहले चिनियाँ राष्ट्रपति चिनफिङको पुतला दहन गरेका हुन् ।
केही दिनअघि चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्विटर पेजमा चोमोलोङमाको चुचुरोमाथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्बिर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेस्ट चीनमा पर्छ भनिएको छ ।
त्यस्तै, चिनियाँ नागरिकहरू नेपालमै बसेर नेपाल प्रहरीमाथि आक्रमण गर्नु गम्भीर विषय बनेको भन्दै युवाहरूले आक्रोश पोखेका छन् ।
केही दिनअघि मात्र राजधानी काठमाडौंका विभिन्न क्षेत्रमा बस्ने चिनियाँहरू सिंहदरबार अगाडि भेला भएर नेपाल प्रहरीमाथि आक्रमण गरेका थिए ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।