काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमण महामारीको रुपमा फैलिने अवस्थामा पुगेको छ ।
परीक्षण भएका नमूनामध्ये दिनदिनै भाइरस संक्रमण देखिन थालेको छ । बुधवार साँझसम्म थप २ जनामा कोरोना संक्रमण पुष्टि भएर संक्रमितको संख्या २१९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु र बाँकेमा थप १/१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ का ३६ वर्षका पुरुष र कपिलवस्तु नगरपालिका–५ का २२ वर्षका युवकमा कोरोना संक्रमण देखिएको जनाएका छन् ।
बाँकेका युवकको धुलिखेल अस्पतालको प्रयोगशालामा र कपिलवस्तुका युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको छ ।

प्रदेश २ र ५ मा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । समुदायस्तरमा समेत कोरोना फैलिएको हुनसक्ने आशंका विज्ञले गर्न थालेका छन् । सरकारले धेरै व्यक्तिमा परीक्षण गर्न नसक्दा कोरोना लुकेर बसेको हुनसक्ने अनुमान गर्न थालिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।