काठमाडौं– नेपाली भूमि अतिक्रमण भएको कालापानी क्षेत्रमा वुधबार सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना हुने भएको छ । कालापानी क्षेत्रको सुरक्षाको लागि सशस्त्र प्रहरीको टोली आज विहान नै होलिकोप्टरमार्फत उडेको जनाइएको छ ।
आज दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरिने जनाइएको छ । गृह मन्त्रालयका अनुसार पहिलो चरणमा दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली लिएर छाङरु जाने बताइएको छ । आज उक्त क्षेत्रमा बीओपी स्थापना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।