आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपालमा कोरोनाः पहिलो सय पुग्न १०५ दिन, दोस्रो सय ५ दिनमै

नेपालमा कोरोनाः पहिलो सय पुग्न १०५ दिन, दोस्रो सय ५ दिनमै

  • मिडिया डबली
  • बुधवार, बैशाख ३१ २०७७

  • 5.4K
    SHARES

  • नेपालमा कोरोनाः पहिलो सय पुग्न १०५ दिन, दोस्रो सय ५ दिनमै

    काठमाडौं–नेपालमा कोरोना भाइरस फैलिने दर तीव्र गतिमा बढेको छ। गत माघ ९ गते चीनबाट आएका एक पुरुषमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको दुई महिना २ दिनपछि चैत १० गते फ्रान्सबाट आएकी महिलामा कोरोना पुष्टि भएको थियो।

    त्यसयता १ सय ६ दिनपछि वैशाख २५ गते नेपालमा संक्रमितको संख्या १०१ पुगेको थियो। पहिलो सय जना संक्रमित भेटिन १ सय ६ दिन लागेको नेपालमा दोस्रो सय जना भेटिन ५ दिनमात्रै लागेको छ।

    सय संक्रमित पुगेको ५ दिनपछि मंगलबार नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ। मंगलबार ९आज० मात्रै नेपालमा थप ८३ जनामा कोरोना पुष्टि भएको छ। यसअघि सोमबार थप २४ मा कोरोना संक्रमण देखिएको थियो।

    पछिल्लो समय देशभर परीक्षण दायरा बढाएसँगै नेपालमा संक्रमितको संख्या पनि थपिएको हो। जनस्वास्थ्यविद् डा. सिद्धि अर्यालले अरु देशमा संक्रमितको संख्या १ सय पूरा भएपछि थप १५ सय पुग्न धेरै समय नलागेको बताउँदै नेपालमा टेस्ट किटको अभाव र परीक्षण दायरा कम हुनुले कम देखिएको र परीक्षणको दायर बढाउँदासाथ संक्रमितको संख्या पनि बढ्ने बताए।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०४:३९:०४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend