आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सांसदलाई काठमाडौं बाहिर जान निषेध !

सांसदलाई काठमाडौं बाहिर जान निषेध !

  • मिडिया डबली
  • बुधवार, बैशाख ३१ २०७७

  • 6.8K
    SHARES

  • सांसदलाई काठमाडौं बाहिर जान निषेध !

    काठमाडौं – संसद् बैठक चलिरहेका बेला विभिन्न जिल्लामा कोरोना भाइरसबाट संक्रमण बढ्दै गएपछि स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर संघीय संसद्का सबै सांसदलाई काठमाडौं उपत्यका छाडेर बाहिर जान निषेध गरिएको छ ।

    संसद् सचिवालयका अनुसार आ–आफ्नो पार्टीका संसदीय दलले मंगलवार सांसदलाई बाहिर जान रोक लागेको सूचना प्रवाह गरेका छन् ।

    संसद् बैठक सञ्चालन हुनुअघि सचिवालयले सबै सांसदको पीसीआर विधिबाट कोभिड–१९ को परीक्षण गराएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो समय विशेषतस् भारतीय सीमा जोडिएका जिल्लाहरूमा संक्रमितको संख्या ह्वात्तै बढेपछि सांसदहरूलाई काठमाडौं बाहिर नजान सूचित गरिएको हो ।

    सचिवालय स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मुख्यसचिव लोकदर्शन रेग्मी र प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गरिएको छ । राष्ट्रपति कार्यालयका ३७ जना र उपराष्ट्रपति कार्यालयका ६४ जनाको परीक्षण गरिएको छ ।

    उपराष्ट्रपति पुन र उनको कार्यालयका कर्मचारीहरूको भने मंगलबार स्वाबको नमुना लिएकाले रिपोर्ट आउन बाँकी छ । अरू सबैको रिपोर्ट नेगेटिभ आएको स्रोतले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पढ्ने सूची संसद् सचिवालयले तयार गरेको छ । उक्त दिन कोभिड–१९ परीक्षण गरेर नेगेटिभ देखिएको प्रमाणपत्रका आधारमा मात्र संसद् भवन प्रवेश गर्न पाइने छ ।

    राष्ट्रपतिले सम्बोधन गर्ने संघीय संसद्को यसपटकको संयुक्त बैठकमा नेपालस्थित विदेशी राजदूतहरूलाई नबोलाइने भएको छ । सचिवालयका अनुसार आवासीय राजदूत मात्रै ३६ जना छन् । संसद्मा आमन्त्रित राख्न मिल्ने सिट ६४ वटा मात्र प्रयोग गर्न सकिने अवस्था छ ।

    ‘निर्णय नै त भइसकेको छैन,’ संसद्का एक अधिकारीले भने, ‘लगभग नबोलाउने निचोडमा पुगेका छौं ।’ संवैधानिक निकाय र आयोगहरूका पनि प्रमुखलाई मात्र बोलाउने तयारी गरिएको छ । विगतमा त्यसका सदस्यहरूलाई पनि बोलाउने गरिएको थियो । सामाजिक दूरी कायम गर्दा २–२ वटा सिट छाडेर बस्ने व्यवस्था मिलाउनुपर्दा यो समस्या आएको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    ‘व्यवस्थापन गर्न कठिन हुने भएकाले विगतको तुलनामा धेरै जना नबोलाउने तयारी गरिएको छ,’ ती अधिकारीले भने, ‘व्यवस्थापन गर्न कठिन हुने देखियो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०३:०२:०६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend