काठमाडौं – चिनियाँ हस्तक्षेप तथा विस्तारवादविरुद्ध नेपाल विद्यार्थी संघ गोरखा र तरुण दलले राँके जुलुस निकालेको छ ।
राँके जुलुससहित चिनियाँ राष्ट्रपतिको पुत्ला दहन समेत नेविसंघ र तरुण दलले गरेका छन् ।
राँके जुलसपछि प्रदर्शनकारीहरू कोणसभामा परिणत भई चिनियाँ हस्तक्षेप तथा विस्तारवादविरुद्ध चर्काे आलोचना गरेका थिए । नेविसंघका नगर सभापति सुमन पन्त र संघका गोरखा अध्यक्ष सुवास अधिकारी पछिल्लो समय चीन नेपालमाथि गिद्धे नजर लगाएको बताए ।
मंगलबार नै नेविसंघ वीरगञ्जले ‘गो ब्याक चाइना’को नारा लगाउँदै चीनविरुद्ध विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनमा सहभागी कार्यकर्ताले ब्यानरसहित चीनको चर्काे आलोचना पनि गरेका थिए ।
यसअघि चिनियाँ हस्तक्षेपको विरोध नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस तारकेश्वर नगरपालिका–४ ले काठमाडौंमा गरेको थियो । त्योभन्दा अगाडि सिन्धुलीका युवाहरूले चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका थिए ।
नेपालको झण्डा बोकेका युवाहरूले राष्ट्र र राष्ट्रियताको नारा लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गरेका थिए ।
केही दिनअघि चीनको सरकारी मिडियाले सगरमाथा चीनको भूमिमा रहेका उल्लेख गर्दै ट्विट गरेको थियो । २ मेमा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्विटरमा चोमोलोङमाको चुचुरोमाथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्वीर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेस्ट चीनमा पर्छ भनिएको थियो ।
सो विषयलाइ लिएर नेपालीहरूले समेत सामाजिक सञ्चालमा चीनको विरोध जनाइरहेका छन् । गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको हो । उनीहरूले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।