आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मोदीको पुत्ला जलेको भन्दै भाजपा नेताले ओलीलाई फोन गरेर जनाए आपत्ति, दिए यस्तो दबाब

मोदीको पुत्ला जलेको भन्दै भाजपा नेताले ओलीलाई फोन गरेर जनाए आपत्ति, दिए यस्तो दबाब

  • मिडिया डबली
  • मंगलवार, बैशाख ३० २०७७

  • 31.3K
    SHARES

  • मोदीको पुत्ला जलेको भन्दै भाजपा नेताले ओलीलाई फोन गरेर जनाए आपत्ति, दिए यस्तो दबाब


    काठमाडौं–नेपाली भूमि मिचेर भारतले सडक बनाएको विरोधमा नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएपछि भारतीय जनता पार्टीका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रिसाएको भन्दै दबाब दिएको खुलेको छ। भाजपा नेता भगतसिंह कोश्यारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर नेपालमा आफ्नो पुत्ला जलेकोमा मोदी रिसाएको भन्दै दबाब दिएका हुन्।

    सोमबार प्रधानमन्त्री ओलीसँग भेटेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ओलीको भनाई उदृत गर्दै भनेका छन्, ‘कोश्यारीले मलाई फोन गरेर मोदी दुखित भएका छन्, मोदी रिसाएका छन्, भनेर प्रेसर गरिरहेका छन्।’

    प्रधानमन्त्रीले यस्तो कुरा गरेपछि आफूले किन? भनेर प्रश्न गरेको र प्रधानमन्त्रीले आफूसँग पुत्ला जलेकोबारे भारतले दबाब दिएको बताएको उनले खुलाएका थिए।
    ‘मेरो पुत्ला जल्यो। सारा काठमाडौंमा जलिराछ’ भनेर प्रधानमन्त्री मोदी दुखी हुनुभएको छ भनेर कोश्यारीले भनेका छन्,’ ओलीलाई उद्धृत गर्दै गुरुङले भने।

    यसपछि आफूले प्रधानमन्त्री ओलीसँग भारतले नै विवादित भूमिमा सडक बनाएपछि नेपालीले विरोध गरेको उल्लेख मुख्यमन्त्री गुरुङले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ३० २०७७०५:०४:१२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend