आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनबिरुद्ध पनि काठमाडौँमा विशाल प्रदर्शन

चीनबिरुद्ध पनि काठमाडौँमा विशाल प्रदर्शन

  • मिडिया डबली
  • मंगलवार, बैशाख ३० २०७७

  • 11.0K
    SHARES

  • चीनबिरुद्ध पनि काठमाडौँमा विशाल प्रदर्शन

    काठमाडौं– चिनियाँ हस्तक्षेपको विरोध र नेविसंघका पक्राउ परेका नेता–कार्यकर्ता रिहाइको माग गर्दै राजधनीको बालाजु क्षेत्रमा मसाल जुलुससहित प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस तारकेश्वर नगरपालिका–४ को आयोजनामा लोलाङदेखि बाइपाससम्म मसाल जुलुससहित विरोध प्रदर्शन गरिएको हो।

    नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा भएको विरोध प्रदर्शनमा नेपाली काङ्ग्रेस तारकेश्वर नगरपालिका वडा नम्बर ४ का सभापति मनोज राना, महासमिति सदस्य डिल्लिराम सापकोटा, बरिष्ठ अधिवक्ता ठाकुरराम आचार्य, प्राध्यापक संघका केन्द्रीय सल्लाहकार धनेश्वर नेपाल ,विद्यार्थी नेताहरु सन्तोष गुरुङ, जीवन राना, सुशान्त आचार्य, सुदीप अधिकारी स्थानीय नेताहरु देविराज छत्कुल्ली, खड्गबहादुर थापा,कृष्ण अधिकारी ,रामशरण अधिकारी, टेकनाथ दाहाल लगायतको उपस्थिति रहेको थियो ।

    चीनले सर्वोच्च शिखर सगरमाथा आफ्नो भूभागमा पर्छ भनेर समाचार प्रकाशित गरेको थियो । जुलुसका क्रममा नेविसंघले चीनको समेत विरोध गरेको थियो ।

    लिपुलेकमा भारतीय अतिक्रमणका विरुद्धमा नेपाल विद्यार्थी संघले सोमबार काठमाडौंमा गरेको प्रदर्शनमा नेविसंघका नेता कार्यकर्ता पक्राउ परेका थिए ।

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ३० २०७७०४:४३:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend