आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतसँग सिमा जोडिएका जिल्लामा कडाई गरौंः चापागाईँ

भारतसँग सिमा जोडिएका जिल्लामा कडाई गरौंः चापागाईँ

  • मिडिया डबली
  • मंगलवार, बैशाख ३० २०७७

  • 6.8K
    SHARES

  • भारतसँग सिमा जोडिएका जिल्लामा कडाई गरौंः चापागाईँ

    काठमाडौं– लकडाउनका बेला एकै दिन २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले सचेत रहन सबैमा अपील गरेका छन् ।

    सोमबार साँझ उपाध्यक्ष चापागाइँले प्रेस नोट जारी गरेर कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्ने क्रम देखिएको भन्दै सचेत रहन सबैलाई आग्रह गरेका हुन् ।

    भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरूमा कोरोना भाइरसको संक्रमतिहरूको संख्या बढ्न थालेकोमा चिन्ता व्यक्त गर्दै उनले सबै मिलेर यसको रोकथाममा लाग्नुपर्ने बताए ।

    ‘भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरूमा कोरोना भाइरसको संक्रमितको संख्या बढेको तथ्याङ्कले देखाउन थाल्यो’, उनले भने, ‘विशेष गरेर भारतबाट आउने व्यक्तिहरूमा हामी सबै मिलेर निगरानी गर्नेदेखि क्वारेन्टाइनमा राख्ने र सामाजिक दुरी बनाउन सहयोग गर्नुपर्छ ।’

    उनले लकडाउनलाई पूर्ण रुपमा पालना गरेर सहयोग गर्न पनि आग्रह गरेका छन् । चापागाइँले गाउँ, टोलीमा देखिने नयाँ व्यक्तिहरूका विषयमा सुरक्षाकर्मी र जनप्रतिनिधिहरूलाई जानकारी दिन पनि आग्रह गरेका छन् ।

    ‘कोरोना भाइरसको संक्रमण नबढोस र भएका संक्रमितहरूको पनि समयमा उपचार र रोकथाम होस् भनेरै लकडाउन लागू गरिएको हो’, उनले भने, ‘लकडाउन उल्लंघन गर्ने कार्य भयो भने त्यसको जोखिम सबैलाई हुनेछ ।’

    तरुण उपाध्यक्ष चापागाइँले तराईका जिल्ला र काठमाडौं उपत्यकासहित जोखिममा रहेका जिल्लाहरूमा लकडाउनलाई पालना गर्न सरोकारवाला निकायले कडाइ गर्नुपर्ने बताए ।

    उनले भने, ‘ सोमवार १६ जना कपिलवस्तु, ६ जना रुपन्देही, १ जना बर्दिया र १ जना सप्तरी जिल्लामा कोरोना भाइरसका संक्रमित भेटिनुले लकडाउनको महत्व अझै बढेको छ ।’

    तरुण उपाध्यक्ष चापागाइँले लकडाउनसँग समस्यामा परेका जनताको गुजाराका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ३० २०७७०४:२१:०९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend