आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सुरक्षामा बार्षिक एक खर्ब ११ अर्ब बजेट, तर सिमा सुरक्षा सधैँ उपेक्षित

सुरक्षामा बार्षिक एक खर्ब ११ अर्ब बजेट, तर सिमा सुरक्षा सधैँ उपेक्षित

  • मिडिया डबली
  • सोमवार, बैशाख २९ २०७७

  • 12.8K
    SHARES

  • सुरक्षामा बार्षिक एक खर्ब ११ अर्ब बजेट, तर सिमा सुरक्षा सधैँ उपेक्षित

    काठमाडौं–सीमा अतिक्रमण गरेर नेपाली भूमिमा भारतले डोजर लगाएको समाचारले नेपाली मुटु आन्दोलित हुन्छ, तर हाम्रा सुरक्षाकर्मी कुन अवस्थामा सिमानामा तैनाथ छन्, यो तस्बिर हेर्दा हाम्रो मन पिरोलिन्छ।

    भारतले सीमा मिच्ने मात्र होइन, लकडाउन तोडेर मान्छे आवतजावत गर्ने ‘जोखिम’ पनि छ । त्यसैले सरकारले निगरानी बढाएको छ।

    तर, राष्ट्रिय जिम्मेवारी बोेकेर सीमामा खटिएका सुरक्षाकर्मीले हावाहुरी र पानीसँग आफ्नै सुरक्षा कसरी गर्नेरु उनीहरू बस्ने कुनै गतिलो संरचना छैन । यो खबर आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

    झापाको कचनाकवलस्थित पाठमारीको सीमा पोस्टको कथाले सिमानामा खटिएका सुरक्षाकर्मीको व्यथा बयान गर्छ । काठको खम्बामा बल्लतल्ल उभिएको ‘सुरक्षा पोस्ट’ त्रिपालले छोपिएको छ । प्रहरी त्यहीँभित्र सुत्छन् र पालैपालो पहरा दिन्छन्।

    जब हावाहुरी आउँछ, सबै मिलेर त्रिपाल समातेर जोगाउँछन् । जब पानी पर्छ, एकै ठाउँ गुजिल्टिएर जोगिन खोज्छन् । तर, पानीले भिजाएपछि अर्को दिन घाम लागोस् भने कामना गर्छन् । सीमामा खटिएका सुरक्षाकर्मी बारमा ‘युनिफर्म’ सुकाइरहेका थिए । ‘हिजो राति हुरी आयो, तर सबै मिलेर पाल जोगायौँ, तर पानी तर्काउन सकिएन, भिजेका कपडा अहिले सुकाएका छौँ,’ उनीहरू भन्दै थिए ।

    त्रिपाल टाँगेर २४सै घन्टा ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई मान्छेभन्दा पनि जनावरको डर छ । ‘बिच्छी, सर्प आउलान् कि भन्ने डर छ, अस्ति त सर्प आएको थियो । धन्न देखिएछ,’ एक सुरक्षाकर्मी भन्दै थिए, ‘गमबुट मागेका छौँ, तर सुनुवाइ भएको छैन ।’

    राज्यले सिमानामा खटिएका सुरक्षाकर्मीलाई टर्चलाइट र गमबुटसमेत दिन नसक्ने अवश्य होइन । नेपालले सुरक्षा शीर्षकमा छुट्याएको बजेट आफ्नो भौगोलिक क्षेत्र र आर्थिक अवस्थाको तुलनामा कम पनि होइन ।

    सीमा तथा आन्तरिक सुरक्षामा परिचालन हुने चार सुरक्षा संयन्त्रका लागि चालू आर्थिक वर्षमा मात्र सरकारले एक खर्ब १० अर्ब १३ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो भनेको नेपालको कुल बजेटको १० प्रतिशत हो ।

    नेपाली सेनाका लागि मात्र चालू आर्थिक वर्षमा ५० अर्ब आठ करोड ४७ लाख बजेट विनियोजन गरिएको छ । गत वर्ष पनि सेनाका लागि सरकारले ४४ अर्ब ८७ करोड ५४ लाख रुपैयाँ खर्च गरेको थियो।

    त्यस्तै, नेपाल प्रहरीका लागि सरकारले यो वर्ष ३९ अर्ब १३ करोड २५ लाख र गत वर्ष ३३ अर्ब २७ करोड ८० लाख रुपैयाँ खर्च विनियोजन गरेको थियो । सशस्त्र प्रहरीका लागि मात्र सरकारले यो वर्ष १९ अर्ब २५ करोड दुई लाख विनियोजन गरेको छ । गत वर्ष यो शीर्षकमा १५ अर्ब ५५ करोड ८७ लाख खर्च गरेको थियो।

    गुप्तचरीका लागि गठन भएको राष्ट्रिय अनुसन्धान विभागले यो वर्ष एक अर्ब ६७ करोड २१ लाख बजेट पाएको थियो । विभागले गत वर्ष एक अर्ब २६ करोड ४७ लाख खर्च गरेको थियो ।

    भारतसँगको एक हजार आठ सय ८० किलोमिटर लामो सीमा सुरक्षा गर्न नेपाल सरकारले सशस्त्र प्रहरीलाई जिम्मा दिएको छ । ३७ हजार एक सय ११ जनशक्ति रहेको यो अर्धसैन्य बलको जम्मा पाँच हजार जनशक्ति मात्र सिमानामा खटिएको छ । उता, भारतले भने त्यही सिमानामा ६ गुणा धेरै अर्थात् ३० हजार सीमा सुरक्षा बल ९एसएसबी० तैनाथ गरेको छ ।

    भारतका पाँच सय २० बिओपी रहेकोमा नेपालको भने भारततर्फ एक सय २० मात्र छन् । भारतले हरेक साढे तीन किलोमिटरको दूरीमा आफ्नो बोर्डर आउट पोस्ट ९बिओपी० राखेको छ।

    नेपालतर्फ भने एउटा पोस्टले करिब १५ किलोमिटर दूरी हेर्नुपर्ने अवस्था छ । एउटा बिओपीमा ३५ जनाको दरबन्दी भए पनि २५ देखि ३० जना मात्र खटाएको छ ।

    भारतसँगको सीमामा बिओपी थप्न गृहकार्य भइरहेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा बताउँछन् । ‘यसबारे सशस्त्र प्रहरीबाट प्रस्ताव आइसकेको, छलफल भइरहेको छ,’ उनले भने । तर, भएका बिओपी पनि पूर्वाधारविहीन छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख २९ २०७७०३:५५:३८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend