सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सगरमाथाबारे धावा बोलेको चिनियाँ मिडियाले डिलेट गर्यो ट्वीट

सगरमाथाबारे धावा बोलेको चिनियाँ मिडियाले डिलेट गर्यो ट्वीट

  • मिडिया डबली
  • आइतवार, बैशाख २८ २०७७

  • 6.9K
    SHARES

  • सगरमाथाबारे धावा बोलेको चिनियाँ मिडियाले डिलेट गर्यो ट्वीट

    काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा पर्छ भन्दै भ्रम फैलाएको चिनियाँ मिडियाले आफ्नो ट्वीट डिलेट गरेको छ। पछिल्लो समय एकपछि अर्को विवादमा मुछिएको चीन सगरमाथाको विषयमा समेत विवादित हुन पुगेको छ। नेपालमा चीन विभिन्न रुपमा अहिले विवादित भइरहेको छ। चिनियाँ राजदूत हाउ याङ्छीले नेकपाका नेताहरुसँग भारतीय शैलीमा भेटेको भनी आलोचना भइरहेका बेला एक चिनियाँ मिडिया सिजिटिएन (चाइना ग्लोबल टेलिभिजन नेटवर्क)ले सगरमाथा तिब्बतमा पर्छ भनी ट्विट गरेको छ।

    यद्यपि सर्वत्र आलोचना र विरोध भएपछि सिजिटिएनले उक्त ट्विट डिलिट गरेको छ। सिजिटिएनले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमा मे २ मा चारवटा तस्बिर पोस्ट गरेर सगरमाथा तिब्बतमा पर्ने उल्लेख गरेको हो। तिब्बत चीनको स्वायत्त प्रदेश हो।

    विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको सोलुखुम्बु जिल्लामा पर्छ। यसको उत्तरी मोहोडा भने तिब्बततिर पर्छ। तर सिजिटिएनले भने सगरमाथा नै चीनमा पर्ने उल्लेख गरेपछि त्यसको विरोध भएको थियो।

    cgtn-tweet-748x1024.jpg

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख २८ २०७७०६:१०:५६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend