आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

संसदीय समितिमा तनाव, भीम रावल र परराष्ट्रमन्त्री ज्ञवालीको भनाभन

संसदीय समितिमा तनाव, भीम रावल र परराष्ट्रमन्त्री ज्ञवालीको भनाभन

  • मिडिया डबली
  • आइतवार, बैशाख २८ २०७७

  • 10.6K
    SHARES

  • संसदीय समितिमा तनाव, भीम रावल र परराष्ट्रमन्त्री ज्ञवालीको भनाभन

    काठमाडौं– भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा छलफल गर्न बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्पष्ट निर्णय नगरेपछि बैठकमा विवाद भएको छ ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित छलफलका लागि बोलाइएको बैठकमा समितिले कुनै निर्णय नगरेपछि विवाद भएको हो । सांसदहरुले निर्णय नगरी बैठक स्थगित गरिएको र आगामी बैठकका विषयमा समेत स्पष्ट जानकारी नभएको भन्दै प्रश्न गरेका थिए ।

    परराष्ट्रमन्त्री ज्ञवालीले बैठकमा उठेका विषयमा जवाफ दिए पनि कुनै निर्णय–निर्देशन नगरी आगामी बैठक अनिश्चित भएपछि सांसदहरुले बैठकको मिति तोक्नपर्ने अडान लिएका थिए । समिति सभापति पवित्रा निरौला खरेलले मन्त्रीसँग समय लिएर मात्रै बैठक तय हुने बताइन् ।

    सभापति खरेलले अर्को बैठक यकीन गर्न नसक्ने बताएपछि नेकपा सांसद भीम रावल कड्किए, ‘सभापतिज्यू देशको सार्वभौम सत्ताको रक्षाभन्दा ठूलो कुरा के हो ? मलाई सुनाउनुहोस् । बैठकको समय तय हुनुपर्छ र त्यो बैठकमा कुरा राख्न पाउनुपर्छ । त्यो बैठकबाट निर्णय हुनुपर्छ । यसरी बैठकका विषयमा अहिले भन्न सक्दिन भन्न मिल्दैन ।’

    रावलले जवाफ माग गरेपछि सभापति खरेलले मन्त्रीको समय के हुनसक्छ भन्ने ख्याल गरेर आफूले त्यसो भनेको बताइन् । उनले समिति सदस्यहरुसँग छलफल गरेर अर्को बैठक तय हुने उल्लेख गरिन् ।

    त्यसपछि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन परराष्ट्रमन्त्री ज्ञवालीलाई समय दिइन् । तर, सांसदहरु बोलिरहे– अर्को बैठक कहिले बस्छ सभापतिज्यू, बैठकको मिति आजै तय हुनपर्छ ।’

    बोल्न सुरु गरिसकेका परराष्ट्रमन्त्री ज्ञवाली सांसदहरु बीचमा बोलिरहेपछि रोकिए । होहल्ला रोकिएपछि आफ्ना कुरा राखे ।


    परराष्ट्रमन्त्री बोल्दाबोल्दै नेकपाका सांसद रावलले दुई प्रश्न गरे– एउटा, परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मन्त्रीको हस्ताक्षर किन आउँदैन ? अर्को, बैठकमा मन्त्रीले आउँदिन भन्न मिल्छ ?

    ‘म प्रश्न गर्न चाहन्छु, परराष्ट्र मन्त्रालय ले जारी गरेको विज्ञप्तिमा कुनै व्यक्तिको हस्ताक्षर किन छैन ? अरु देशले वक्तव्य जारी गर्दा आफ्ना प्रवक्तामार्फत् सञ्चार माध्यमलाई जानकारी दिन्छन् । यस्तो बेवारिसे वक्तव्य जारी गर्ने अनि भोलि बैठकमा आउँदिन भन्न मिल्छ ?’ सांसद रावलले एकैपटक दुई प्रश्न गरे ।

    भारतले लिपुलेकमा सडक बनाएको विषयमा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कसैको हस्ताक्षर नभएको विषय उनले उठाएका थिए ।

    हस्ताक्षर किन आउँदैन भन्ने प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय अभ्यास हेर्न रावललाई सुझाव दिए । यसबारे अन्न्तर्राष्ट्रिय अभ्यासहरु गुगलमा पनि हेर्न सकिने उनले बताए ।
    परराष्ट्र मन्त्रालयको वक्तव्य उच्च तहको राजनीतिक नेतृत्वको स्वामित्वमा जारी हुने मन्त्री ज्ञवालीले बताए ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख २८ २०७७०३:३०:३२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend