आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रहरी कुट्ने मध्येका एक जना चिनियाँ भिभो मोवाइलका ‘कन्ट्री म्यानेजर’ रहेको खुलसा

प्रहरी कुट्ने मध्येका एक जना चिनियाँ भिभो मोवाइलका ‘कन्ट्री म्यानेजर’ रहेको खुलसा

  • मिडिया डबली
  • आइतवार, बैशाख २८ २०७७

  • 8.0K
    SHARES

  • प्रहरी कुट्ने मध्येका एक जना चिनियाँ भिभो मोवाइलका ‘कन्ट्री म्यानेजर’ रहेको खुलसा

    काठमाडौं– सिंहदरबार अघि प्रहरी माथि जाइलाग्ने एक जना चिनियाँ भिभो मोवाइलका ‘कन्ट्री म्यानेजर’ रहेको खुलसा भएको छ। लकडाउन उलंघन गर्दै सिंहदरबारको मूलगेट अगाडि आफ्नो देश फर्कन पाउनुपर्ने भन्दै प्रदर्शनका क्रममा प्रहरीमाथि कुटपिट गर्दा पक्राउ परेका चिनियाँहरुमध्ये एकजना नेपालस्थित भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर’ रहेको खुलेको छ ।

    गेभिन नाम गरेका ती ब्यक्तिसहित करिब ५० जना चिनियाँ नागरिकले निषेधित क्षेत्र घोषित सिंहदरबार अगाडि धर्ना दिँदै प्रहरीमाथि आक्रमण गरेका थिए ।

    चिनियाँ कम्पनी भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर’ गेभिनसहित चार चिनियाँ नागरिक लकडाउनको समयमा प्रर्दशन गर्ने कम्रमा पक्राउ परेका परेका छन् । उनले सिंहदरबार गेटअगाडि एकजना प्रहरी नायव निरीक्षकको बर्दीमा समातेर तानेका थिए भने अन्य प्रहरीमाथि पनि जाइ लागेका थिए।

    सिंहदरबार अगाडि डिएसपी हरिबहादुर बस्नेतसहितलाई रगताम्य हुने गरी कुटपिटमा संलग्न ती चिनियाँविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरिएको हो। ३२ वर्षीय गेभिन र ३३ वर्षीय एलई ओ लाई महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ। अन्य दुईजनालाई सिंहदरबार बृत्तको हिरासतमा राखिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ। भिभोका कन्ट्री म्यानेजर गेभिन उनका साथीहरु राजधानीको लाजिम्पाटमा फ्ल्याटमा बस्दै आएको खुलेको छ।

    महानगरीय प्रहरी वृत टेकुका अनुसार पक्राउ गरिएका ७० जना चिनियाँ नागरिकमध्येमा ४३ जनालाई छोडिएको छ। प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार ती चिनियाँले निषेधित क्षेत्रमा हुलहुजज्तसँगै लकडाउनको पनि उलंघन गरेका थिए।

    उनीहरुले ड्युटीमा खटिएका प्रहरीमाथि हातपात पनि गरेका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख २८ २०७७०३:२०:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend